आप्पाको साँझ परेपछि



रिलिजका लागि तयार हुँदै गरेको फिल्म आप्पाको गीत सार्वजनिक गरिएको छ। अभिनेता दयाहाङ राई मुख्य कलाकार रहेको फिल्मको दोस्रो गीत साँझ परेपछि हालै सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो।

निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाले स्वर दिएका छन् भने सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चालाई फिचरिङ गरिएको छ। आगामी नयाँ वर्षको जेठ २४ गते अल नेपाल रिलिज हुने फिल्म बाबुछोराको सम्बन्धको कथामा छ। अनमोल गुरुङको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा रुदेन सादा लेप्चाले निर्माण गरेका हुन्।

दयाहाङ राई, सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चाका साथ तुलसी घिमिरे, अरूणा कार्कीलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेको फिल्ममा निर्देशक गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्