विकास र समृद्धिका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता



सीताराम चौधरी, कपिलवस्तु
विजयनगरको समग्र विकास र समृद्धिका लागि आफूले सक्दो पहल गर्ने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्वासन दिएका छन्। पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले समृद्धिका लागि गाउँपालिकाले बनाएका योजनाहरूलाई क्रमैसँग केन्द्रबाट सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरे।
विजयनगर गाउँपालिकाद्वारा पहिलोपटक आयोजित बृहत् कवि सम्मेलन तथा मुशायरा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि रहेका प्रचण्डले यस्तो बताएका हुन्। विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले उठाएका शिक्षा, स्वास्थ्यलगायत गाउँपालिकाको समग्र विकासका लागि पहल गर्ने प्रचण्डले बताए। व्यस्त कार्यतालिकाको बाबजुद विजयनगरको कार्यक्रमलाई समय छुट्टयाएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले छोटो सम्बोधन गरेका थिए।
नेकपा अध्यक्ष प्रचण्डले निर्वाचनको समयमा आपूmले चक्रपाणि खनाल बलदेवलाई मन्त्री बनाउने कुरा बोलेको र त्यो पूरा गरेको उद्घोषसमेत गरे। छोटो मन्तव्य राखेका प्रचण्डले अवधिमा सम्बोधन गर्दै यसअघि रौतहटमा यस्तै मुशायरा कार्यक्रमको उद्घाटन गर्ने अवसर मिलेको स्मरण गरे। आफू पनि शायरीको सौखिन रहेको अध्यक्ष प्रचण्डले बताए। बाग्लुङ पुग्नुपर्ने हुँदा महŒवपूर्ण अवसर गुमाउनुपर्दा दुखी भएको बताउँदै उनले कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले कपिलवस्तुमा विकासका प्रशस्त सम्भावना भए पनि कृषिका लागि धेरै समस्या भएको बताए। जिल्लामा किसानले मलखाद समयमै नपाउनु, उत्पादन गरेका उत्पादित बस्तुले बजार नपाउनु, सिंचाइ सुविधा प्रर्याप्त नहुनु प्रमुख समस्या रहेको मन्त्री खनालले आंैल्याए। कपिलवस्तु क्षेत्र नम्बर– १ का प्रतिनिधि सांसदसमेत रहेका खनालले जिल्लामा सिंचाइका लागि राम्रो व्यवस्था गर्न लागेको जानकारी दिए।
जिल्लामा होमस्टे बनाउने योजना रहेको भन्दै त्यसका लागि गाउँ छनोट प्रक्रिया चलिरहेको उनले उद्घोष गरे। विजयनगर गाउँपालिकामा कृषि अनुसन्धान केन्द्र्र वा अन्य कुनै कृषिसँग सम्बन्धित ठूलो योजना ल्याउने मन्त्री खनालले बताए।
विजयनगर गाउँपालिका–६, प्रेमनगरस्थित हरिबोध प्राविको प्रा·णमा आयोजित कार्यक्रममा पूर्वमन्त्री हृदयेश त्रिपाठी, पूर्वराज्यमन्त्री ईश्वरदयाल मिश्र, भारतका पूर्वविधानसभा अध्यक्ष माताप्रसाद पाण्डेलगायत नेपाल तथा भारतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले गाउँपालिकाको समग्र वस्तुस्थितिको बारेमा अवगत गराउँदै पूर्वप्रधानमन्त्री प्रचण्ड तथा कृषिमन्त्री खनाललाई स्मरणपत्र बुझाएका थिए। कार्यक्रमबाट समग्र गाउँपालिकाको विकासमा टेवा पुग्ने अध्यक्ष थापाले विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल तथा भारतका ख्यातीप्राप्त शायरहरूद्वारा भरपूर मनोरञ्जन प्रदान गरिएको थियो। भारतीय ख्यातिप्राप्त कवि जोहर कानपुरी, सौरभ जैन, सविना अदिब, अनामिका अम्बर, डा।अनिल चौवे, रमेश बासुरी, विकास बौखर, नेपालका जाहिद आजादलगायतको विशेष प्रस्तुति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न शिवराज नगरपलिका, कृष्णनगर नगरपालिका, व्यापार संघ कपिलवस्तु, चन्द्रौटा उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड काठमाडौंको समेत विशेष सहयोग रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्