फेसनविकमा पाशो झुण्डिएको हुडी प्रस्तुतिको विरोध



लन्डन,(एजेन्सी)
विश्वविख्यात फेसन सामग्री उत्पादन कम्पनी बरबेर्रीले लन्डन फेसन विकमा घाँटीमा पाशो झुण्डिएको हुडी प्रदर्शन गरेकोमा सार्वजकि रुपमा षमायाचना गरेको छ । यस फेसन ब्रान्डलाई आफ्नै मोडलहरु मध्ये एक लिज केन्नेडीले इन्स्टाग्राम मार्फत उक्त हुडीको विरोध गरेकी हुन् । केन्नेडीले भनेकी छिन् , ‘ आत्महत्या फेसन होइन । फाँसीको भयावह इतिहासबारे पनि हामीले भुल्नु हुँदैन ।

बरबेर्रीका बोस मार्को गोब्बेटीले भनेका छन् , ‘ ब्रान्ड सबैमा पर्न गएको यस बितृष्णा प्रति गम्भीर क्षमायाचना गर्दछ । यो संवेदनरहित भयो , हामीले गल्ती गर्न पुग्यौं । आइतवार आयोजित लन्डन फेन विकमा तेम्पेस्ट नामक कलेक्सनमा यस्तो हुडी प्रस्तुत गरिएको थियो ।

बरबेर्रीका क्रियटिभ डाइरेक्टर रिकार्डो टिसीले ‘ अजको युवा ’ शिर्षकमा ति पोशाक प्रदर्शन गरेका थिए । सोही बरबेर्री सोमा भाग लिएकी तर हुडी नलगाएकी अर्की मोडल लिजले भने सो वस्त्रको डिजाइन ग्लामरस र तनाव दिने दुवै खालको नभएको प्रतिक्रिया दिएकीछिन् ।

लिजले यसबारे आफुले ड्रेसिंग रुममै प्रश्न उठाउन खोजेको तर आफुलाई लिखित प्रतिक्रिया दिन अनुरोध गरिएको पनि खुलासा गरेकी छिन् ।रिकार्डो टिसीले पनि क्षमायाचना गर्दै यो डिजाइन संवेदनशिल नभएको तथ्य स्विकारेका छन् । यसअघि पनि अर्को फेसन सामग्री उत्पादन कम्पनी गुसीले ‘ कालो अनुहार ’ प्रस्तुत गरिएको भनी सबैतिरबाट आलोचना हुन थालेपछि वुलन जम्परको बिक्रिमाथि नै रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्