इंग्ल्यान्डले ठूलो लक्ष्य भेटायो



लन्डन, (एजेन्सी)
जेसन रोय र जोए रुटको सतकको सहयोगमा इंग्ल्यान्डले एकदिवसीय (वानडे) क्रिकेटमा ठूलो लक्ष्य पार गरेको छ ।

बुधबार राति भएको वेस्ट इन्डिजविरुद्धको पहिलो वानडे खेलमा इंग्ल्यान्ड ६ विकेटले जितेको थियो । टोलीले ३ सय ६१ रनको लक्ष्य भेटाएको थियो । यो वानडे क्रिकेटमा विशाल लक्ष्य पछ्याउनेमा चौथो नम्बरमा रहेको छ । रोयले ८५ बलमा १ सय २३ रन र रुटले ९७ बलमा १ सय २ रन जोडेका थिए ।

बारबाडोसमा भएको सो खेलमा इयान मोर्गानले ६५ रन बनाएका थिए ।
यसअघि क्रिस गेलले विस्फोटक ब्याटिङ गर्दा वेस्ट इन्डिजले ८ विकेटको क्षेतिमा ३ सय ६० रन बनाएको थियो । गेलले १२ छक्कासँगै १ सय ३५ रनको योगदान दिए । वेस्ट इन्डिजबाट २३ छक्का प्रहार भएका थिए । जुन वानडे क्रिकेटमा रेकर्ड बनेको छ । गेलको ब्याटिङ सानदार भएपनि फिल्डिङ खराब रह्यो । रोयलाई उनले व्यक्तिगत ९ रनमा क्याच ड्रप गरेका थिए ।

गेल जुलाई २०१८ पछि पहिलो वानडे खेलेका थिए । उनले शुरुवातमा रन बनाउन संघर्ष गर्नुपरेको थियो । ३२ बलमा ९ रन बनाउँदा उनलाई रोयले जीवनदान दिएका थिए। । तर पछि उनले ७६ बलमा अर्धशतक प्रहार गरे जसमा ४५ बल डट खेलेका थिए । पछि ५० रन बनाउन भने उनलाई २४ बल नै पर्याप्त भयो । उनको यो वानडे करियरमा २४औं शतक थियो ।

शीर्ष ५ विशाल लक्ष्य
वर्ष विजेता प्रतिद्वन्द्वी लक्ष्य स्कोर
२००६ दक्षिण अफ्रिका अस्टे«लिया ४३५ ४३८
२०१६ दक्षिण अफ्रिका अस्टे«लिया ३७२ ३७२
२०१९ इंग्ल्यान्ड वेस्ट इन्डिज ३६१ ३६४
२०१३ भारत अस्टे«लिया ३६० ३६२
२०१३ भारत अस्टे«लिया ३५१ ३५१

प्रतिक्रिया दिनुहोस्