घरेलु टोलि सडनडेथमा पराजित



विजय नेपाली, पोखरा
बिहीबारदेखि शुरु भएको १७ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट घरेलु टोलीको विदा भएको छ ।

पोखरा रंगशालामा भएको उदघाटन खेलमा विभागिय टोलि नेपाल एपिएफ क्लबले घरेलु टोलि सहारा क्लब पोखरालाइ सडनडेथमा हराएको हो । यो नतिजाले सहारा बाहिरियो भने एपीएफ क्वाटरफाइनलमा पुग्यो । जितको लागि एपिएफले सडनडेथको सहायता लिनु र्पयो । निर्धा्रित ९० मिनेटको खेल १–१ गोलको बराबरिमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयमा समेत कुनै गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत ४–४ को बराबरी भए पछि सडन डेथमा एपीएफका परिवर्तित गोलरक्षक रोमन रसाइलीले अञ्जन देवकोटाको पेनाल्टी प्रहारलाइ बचाउ गर्दै जित दिलाए ।

खेल शुरु भएको १६ औ मिनेटमा सहाराका विनोद गुरुङ्गले करिव २५ यार्ड बाट उत्कृष्ट गोल गर्दै अग्रता लिए पनि एक मिनेट वित्न नपाउदै एपिएफले गोल गर्दै बराबरी गरेको थियो । टोलीका आसिष लामाले १७ औ मिनेटमा सहाराका डिफेन्सलाइ विट गर्दै फस्ट वार च्याप्दै गरेको प्रहारले जाली चुमेको हो ।

खेलको २२ औ मिनेटमा सहाराका विष्णु गुरुङ्गले डिबक्स भित्रबाट गरेको भली प्रहार एपिएफका गोलरक्षक रोमन रसाइलीले उत्कृष्ट बचाउ गरे । त्यस्तै खेलको ३० औ मिनेटमा एपिएफका आसिष लामाले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिन पुग्यो । त्यस्तै सहाराका पदम भट्टराईले गरेको प्रहार क्रसबार नजिकै बाट बाहिरिन पुग्यो । पहिलो हाफमा केही राम्रा अवसरहरु सिर्जना गरे पनि दुबै टिमले थप गोल गर्न भने सकेनन ।

त्यसतै आहा गोल्डकपको पहिलो खेलमानै पहेलो कार्डको वर्षा भएको छ । खेलमा ७ वटा पहेलो कार्ड देखाइएको छ । खेलको म्यान अफ दि म्याच एपिएफका बुद्धिमान राई घोषित भए उनले नगद पाँच हजार रुपैयाँको साथै ट्रफी हात पारे

खेलाडिले राम्रो खेल्दा खेल्दै समेत हार व्यहोर्नु परेको सहाराका प्रशिक्षक प्रलाद हिराचनले बताए । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलाडी रणनीति अनुसार खेल्दा जित हात पारेको बताए ।

चेम्जोङ सम्मानित
पोखरा रंगशालामा शुरु प्रतियोगितामा सर्वोउत्कृष्ट राष्ट्रिय फुटवल खेलाडी २०७५ बाट राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङलाई सम्मान गरिएको छ । राष्ट्रको प्रतिनिधित्व गर्दै फुटबल क्षेत्रमा र्पुयाएको योगदानको कदर गर्दै नगद सहित सम्मन गरिएको हो । उनलाइ नगद ३५ हजार रुपैयाँका साथै सम्मानपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको हो । सम्मानित भएका चेम्जोङले पोखरा रंगशाला चाडै निर्माण गर्न आग्रह गरे । “ यो रंगशाला चाडो निर्माण होस, यहा आएर अन्तर्रा्ष्ट्रिय खेल खेल्न पाइयोस“ उनले भने ।

प्रतिक्रिया दिनुहोस्