लैङ्गिक हिंसा र गिर्दो सुशासन



कमला रेग्मी भट्टराई
यौनजन्य आकर्षण र हिंसात्मक भावना आपसमा विपरीत विषय हुन् । नेपालमा कानुनभन्दा बलिया सहारा आदर्श र अनुशासनका सामाजिक मर्यादा थिए तर यी विषयको साख दिनदिनै खस्कँदो छ । परिवारमा, समाजमा पारिवारिक मर्यादाभित्रका आदर्शता तथा अनुशासन र चेतानाको जगमा धब्बा लागेका पीडादायी घटनाले हिंसालाई आज रोक्नै सकेनन् ।

उल्टो आफन्तसँगै एउटी नारी अबला बन्न पुग्छिन्, बलात्कृत हुन्छिन् भने नारी हिंसाका आवाजलाई अब कसरी कसको आडबाट सम्बोधन गर्ने ? निर्मला पन्तको त्यो दुःखद घटनामा आक्रोश प्रकट गर्दै दोषीलाई कठघरामा उभ्याउनुपर्ने माग राखेर जुटेका जनलहरको आवाजमा समेत दमन किन हुन्छ ? आजसम्म दोषीको यथार्थ टुङ्गो नहुँदा परिवर्तनको सिँढी चढेको भनिए पनि स्थिर बहुमतको सरकारमा समेत सुशासन धाँजा–धाँजा भएर फुटेकै लाग्छ । यौनजन्य हिंसासँगसँगै मानसिक वा अन्य फरक–फरक शारीरिक हिंसाको आगोमा पिल्सिएका नारीले नारीवादी आन्दोलनको जगलाई गाडेकै हुन् तर अमानवीय घृणाप्रद घटनाको समाधान हुन नसक्नु पीडादायी विषय हुन् ।

प्रेमरहितको दमनकारी सोचले हिंसालाई मलजल गराउँछ तब त्यहाँ मानवता, इज्जत, सम्मानका विषय पतीत बन्छन् । नारीका आवाज पुरुषलाई गाली गर्नका लागि होइनन्, समाज बदल्ने मिसाइल मात्र हुन् । वास्तवमा निर्मला पन्तको घटना एउटा उदाहरण मात्र हो । हिंसाको पासोमा परेर न्यायको भिख माग्दै गरेका मृतात्माको शान्ति र पीडित परिवारमा संवेदनाभन्दा बढी दोषी नै थाहा नहुने रहस्यको पोको यति कसरी आजसम्म यति बलियो छ ? हिंसा, आतङ्क, अन्याय या त शोषणका घटना जे–जसरी घटून्, ती सबै हाम्रो समाज विकासका अनैतिक कर्तुत हुन् । समृद्धिका सपनामा सुशासन र सामाजिक सुरक्षाका साथमा हरेक नागरिकको शान्तिपूर्ण बाँच्न पाउने हक सुनिश्चित हुनुपर्छ । महिलाको न्याय र हकका विषयभन्दा पेचिला कोटिमा आत्मनिर्भरता र जनचेतना समेटिनुपर्छ ।

समाजले बाँधेर राखेका सामाजिक थिति र कुसंस्कारका विरुद्ध कुनै नारी एकैछिन् विद्रोही बन्लिन्, एकछिन् उनलाई समर्थन पनि प्राप्त होला तर भोलिका हरेक दिन विरोधीपक्षका आडमा माफी मागेर एक्लो बाँच्नुपर्छ भने, कुप्रथाको विरोधमा एक्लो बृहस्पति झुटो नै हुन्छ । यस्ता समस्याकै कारण कतिपय संघर्षमय सोचले बुझेर पनि गुपचुप रहनुपरेका बाध्यता कति होलान् ?

साहित्यकार पारिजातले उनको समयभित्र लेखेको ‘मानुषी’ कविताको सारभित्र आज पनि नारी हिंसाको यथार्थता छ । आजभोलि महिलाले शारीरिक, मानसिक या त यौनिक हिंसाका आवाजलाई अलि खुलेर बुलन्द गरेको लाग्छ । मिटु आन्दोलनको एक नवीनता, महिला हिंसाविरुद्धका जनआवाज र तिनका असर अनि दबाबको पोस्टर प्रसङ्ग सबै आजको समयमा पनि कानुनसँग निडर चरित्र र नैतिक मूल्यको अमिल्दो पद्धति हो । सामाजिक हकको रक्षा र सामाजिक सुशासनभित्रको कालो धब्बामा अधिकारलाई कानुनकै आडमा चलाउनुपर्ने बाध्यता बढ्नु दुःखद विषय हो । उन्नाइसौँ शताब्दीदेखि उठेर बीसौँ शताब्दीमा रमाएको आवाज नारीवादले आजसम्म परिवर्तनका केही झिल्का छरेकै छ ।

सन्् १९९९ को संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवस मनाएको पाइन्छ । नेपालमा हरेक वर्षभैmँ यसपालि पनि ‘लैङ्गिक हिंसा र दुव्र्यवहार ः छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नारासहित २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म जनचेतनामूलक कार्यहरू गरिए । नेपालमा आजसम्म आइपुग्दा पनि महिला हिंसाका घटना झन व्याप्त बन्नु अमानवीय चरित्रको निरुत्साह नहुनु हो । विद्वान्का मत तथा अध्ययनले पेस गरेका विश्लेषणका हिसाबमा संसारभरमा ३५ प्रतिशत महिलाले आफ्नो जीवनमा कुनै पनि ढाँचाबाट शारीरिक या यौनजन्य हिंसाको सिकार बन्नुपरेको हुन्छ ।

मूलतः भारतलगायतका मुलुकमा सुन्दै आइरहिएका अनैतिक कुकृत्यलाई आज नेपालले पनि तारन्तार स्वयम् भोगिरहँदा कतै सुशासनको गुदीमा धमिरा लागेको त होइन ? वास्तवमा आज मानव अधिकारका नीतिज्ञानहरू ढल्दै छन् । तसर्थ नारी हिंसा, बाल हिंसा, पुरुष हिंसा या त श्रमजीवी सामान्य वर्गमा हुने हिंसाका हरेक स्तरका विरुद्ध मानवताको पिलर बलियो बन्न सक्दैन भने त्यहाँ कानुनको साङ्ग्लो कसिलो हुनुपर्छ ।

पुरुषबाट हिंसा हुन्छ, स्वयम् महिलाले नै हिंसालाई गोडमेल गरेका होलान्, सबै न्यायिक संयोजनमा तगारा हुन् । सामाजिक सञ्जालमा अश्लील र असहज हर्कत गराइनु आजको विकसित संसारका हिंसाका फरक स्वरूप हुन् । मूलतः शारीरिक, मानसिक, यौनजन्य, सामाजिक तथा परम्परागत अन्धविश्वासभित्र हिंसाका पृथक् प्रकारबाट नारीहरू आज पनि शोषित छन् । हिंसालाई समाज र विपन्नताले प्रत्यक्ष प्रभावित तुल्याएको हुन्छ तापनि जनचेतना र जीवनस्तरको आचरणले अलिकति ढाडस दिन्छ । आँट र साहसको अभिवृद्धि गर्छ । मानिस अत्याचारको चरम उत्कर्षमा लाञ्छित बन्न बाँकी राखेकै कहाँ हो र ? निरीह बालिका बलात्कृत हुनु त्यसमा पनि आफन्तबाटै यस्ता निर्घिणी हर्कत हुनुले दानवीय अत्याचार हुर्केर स्वतन्त्रतामा प्रहार भएको छ । छिमेकी देश भारतमा बलात्कारीलाई मृत्युदण्डको सजायलाई पारित गरेका खबरको प्रभावलाई हेर्ने हो भने अब नेपालले पनि संविधानकै पानालाई सच्याएर मृत्युदण्डको कानुन बदल्नु आवश्यक छैन त !

कानुनका पाना जति स्पष्ट भए पनि दाइजो प्रथाले अभैm घुम्टो खोल्नै नसक्दा तराई क्षेत्रमा नारीको अपमान हुन्छ । दाइजोकै कारण कैयौँ परिवारमा शारीरिक, मानसिक हिंसा भइरहन्छ । कानुनका सवालमा महिला र पुरुषलाई बराबरी तुलोमा जोखिएका छन् तर छाउपडी प्रथाले गोठ र संस्कारलाई तोड्न सक्दैन, देउकी, झुमालगायतका प्रथा छन् भने त्यहाँ आधुनिक विकासको पाटो कमजोर छ । समाजले बाँधेर राखेका सामाजिक थिति र कुसंस्कारका विरुद्ध कुनै नारी एकैछिन् विद्रोही बन्लिन्, एकछिन् उनलाई समर्थन पनि प्राप्त होला तर भोलिका हरेक दिन विरोधीपक्षका आडमा माफी मागेर एक्लो बाँच्नुपर्छ भने, कुप्रथाको विरोधमा एक्लो बृहस्पति झुटो नै हुन्छ । यस्ता समस्याकै कारण कतिपय संघर्षमय सोचले बुझेर पनि गुपचुप रहनुपरेका बाध्यता कति होलान् ? मनोवैज्ञानिक दमनमा नारीले घुटुघुटु जिउनुपरेका घटनालाई गणना नै गर्न सकिन्न । लैङ्गिक असमानतालाई शक्तिले कज्याएको हुन्छ ।

जुन परिवारमा समानता हुन्छ, महिला र पुरुषको ऐक्यबद्धता कायम रहन्छ, हातेमालो भइरहन्छ, त्यो परिवार स्वर्गभैmँ सुन्दर संसारमा रमिरहन्छ । चाहे गरिबी र अभावको पीडा नै किन नहोस् तर शान्ति, सुरक्षा र सम्मान पाएर बाँच्ने परिवारमा हिंसाको सवालै उत्पन्न हुन्न । परिवारभित्र छोरी–बुहारीलाई विभेद गरिने सोचले हाम्रो समाजमा जरा गाडिइरहेमा– छोरी जन्मँदा बेखुसी भइरहने हो भने छोरा जन्मिदा उसलाई बुहारी कहाँबाट ल्याउने ?

नेपालको संविधान २०७२ को भाग ३ अन्तर्गतको मौलिक हक र कर्तव्यभित्र धारा ३८ मा महिलाको हकलाई लैङ्गिक भेदभावरहित बाँच्न पाउने व्यहोरालाई प्रस्ट्याइएको छ । यस धाराले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई पहिलो बुँदामै समेटेको छ । दोस्रो बुँदामा ‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसा र शोषण गरिनेछैन । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भनी खुलाइएको छ । छवटा बुँदामा समावेशी समानुपातिक व्यवस्था, विशेष अवसरका विषय, सम्पत्ति तथा पारिवारिक मामिलाका विषयलाई समावेश गरी हक र अधिकारका पक्षलाई केलाइएका भए पनि आज संविधानका पाना अपूरा यसकारण बनेका लाग्छन् किनकि हिंसात्मक घटना कम भएका लाग्दैनन् ।

हाम्रो समाजले छोरालाई साहसी, आँटिलो अनि बाठो बन्न भन्छ तर छोरीलाई त्यो आँटै दिँदैन । छोरी र छोरीलाई विद्यालयमा विभेद गर्ने सङ्कीर्णता आज अलि–अलि घटेका पनि छन् । प्रेम र स्नेह गर्ने मानवीय सोचले मानव मनलाई आत्मीयता जाग्दा हिंसाजन्य प्रवृत्तिले टाउको उठाउन सक्दैन । बाहिरी रूप र स्वार्थको आकर्षण भावमा आजको नवपुस्ता लहसिँदा पारिवारिक मर्यादा मक्काउँछन् । सामाजिक सञ्जालमा अश्लीलताको नौटङ्की चल्दा भविष्यको लक्ष्य र आत्मनिर्भरताविना जीवन दुर्घटित बनेका घटना तथा कतिपय अज्ञानताका कारण बालविवाह गराइएका घटनाले मानव स्वास्थ्यमा समेत प्रहार भएका देखिन्छन् । नवपुस्ताले लैङ्गिक समता र आदर्श समाजका नैतिक आचरणलाई सिक्नु आजको आवश्यकता हो । हरेक सन्तति आमाको गर्भदेखि विकसित हुन्छ भने महिला हिंसा गर्नुसँग अज्ञानता प्रमुख कारण हो ।

दूधको लाम्टो चुसेर हैरानी दिने बालबच्चा स्वयम् महिलाको मर्म र रहस्यलाई बुझ्दैन भने त्यहाँ मानव सृजनाकी आधारमै अपहेलना हुन्छ । पुराना पुस्तामा बोक्सीको आरोप लागेका घटनाका दुःखद विषय अनि आजका विकसित स्थान र समुदायमा समेत बलात्कार र हिंसात्मक स्वरूपगत पृथकता मौलाउनुमा अनुशासनको चुरो कमजोर छ । एउटी आमाले जन्माएको सन्तानलाई आमाले नै पहिलो गुरु बनेर सिकाऊन् या त आमा नभए जोसँग हुर्कन्छ, कर्मशील बन्न सिकाऊन्, तब हिंसा होइन सम्मान गर्ने आदतको आदर्शता विकसित बन्छ ।

हाम्रो शालीन सौम्य सभ्यतालाई बिर्सेर आज अलिकति पाश्चात्य ढोङले आफ्नोपनलाई गलहत्याइने दुश्चरित्रका कारण समाज दुर्गन्धित बन्दै छ । हाम्रो मुलुकमा अभैm पूर्वीय सनातन संस्कारमा प्रभावित भइरहँदा पौराणिक शास्त्रीय मान्यतामा गाई, नारी, भूमि आदिको उच्चस्तरीय सम्मान भेटिन्छन् । पञ्चकन्या, महाकाली, भद्रकाली, कुमारी या त देवी, लक्ष्मी, सरस्वतीको उपासनामा सृष्टि सार भेट्ने हाम्रा वैदिक चिन्तनमा हिंसाका घटना यदाकदा भेटिए पनि सम्मानका दायरा नै फराकिला छन् । बुहारीलाई आफ्नै छोरी मान्न सकेमा, सासूलाई पनि आफ्नी आमालाई भैmँ आदर गरेमा प्रेमको डोरो कसिलो हुन्छ तब आत्मीयतालाई अभिवृद्धि ंगराउन गाह्रो हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्