पूर्व प्रधानमन्त्री डा. भट्टराई मदिरा निषेध समर्थन र्यालीमा



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमले गत माघ ५ गते जिल्ला समन्वय समितिको अगुवाईमा जिल्लामा मदिरा नियन्त्रण गर्ने निर्णयगरे पश्चात । निर्णयको स्वागत गर्दै जिल्लाका सबै स्थानिय तहका महिला, विद्यार्थी, बालबालिका, बुद्धीजीवी, तथा सरोकारवालाहरुले आ(आफ्नै तरिकाले मदिरा नियन्त्रण गर्ने निर्णयको स्वागत गर्दै विभिन्न तरिकाले र्याली तथा समर्थन गरिरहेका छन् ।

यसै क्रममा सानिभेरी गाउँपालिका वडा नं ७,८,र ९ संयुक्त रुपमा मदिरा निशेधित निर्णयको समर्थनमा निकालिएको र्यालिमा अकस्मात पूर्व प्रधान मन्त्री तथा नयाँ शक्ती पार्टीका संयोजकडा। बाबुराम भट्टराई र्याली भित्र देखिए । र्यालिले सिम्ली बजार परिक्रमा गर्ने क्रममा डा। बाबुराम भट्टराईको टिम र्याली भित्र पर्वेशगर्यो । र्यालीमा प्रवेश गरे लगतै र्यालीमा सहभागी शिक्षक, विद्यार्थी, महिला तथा सर्बसाधारणले ताली बजाएर स्वागत गरे ।

सनीभेरी गाउँपालिका गाउँकार्यपालिकाको गत माघ १० गतेको बैठकले गाउँपालिका भित्र कुनै पनि मदिरा तथा मदिरा जन्य पदार्थ भित्रिन नदिने र फाल्गुन १६ गतेबाट गाउँपालिका भित्र रहेको मदिरा विक्री वितरण गर्न नपाइने निर्णय गरे पश्चात समर्थनमा र्यालीहरु निकाली रहेका छन । समाजमा विकृति विसंगति, हत्या,हिंसाजस्ता घटना बढ्दो क्रममा रहेकाले त्यसको न्युनिकरणमा दवाव दिन भन्दै नागरिक तहबाट र्‍याली आयोजना गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्