मोबाईल चोरी गर्ने दुई जना पक्राउ



हेटौंडा ।
हेटौंडामा प्रहरीले बिहीबार बिहान करिब ४ बजे चोरीका मोबाईलसहित दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ स्थित गल्लीमा झोला बोकी शंकास्पद्रुपमा हिँडीरहेका १९ वर्षीय राज लामा र १८ वर्षीय सरोज कार्कीको झोला खानतलासी गर्दा लुकाइराखेको पुराना मोबाइल बरामद गरिएको हो ।

लामा काठमाडौंको बुढानिलकण्ठ–६ बस्ने र कार्की काठमाडौंको पशुपतिपरिसरमा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ ।
पुराना मोबाइल थान १२, सामसङ मोबाइलमा लाग्ने ब्याट्री थान ३, हातेघडी थान ६, चार्जर हेडफोन थान १, हेडफोन थान ९, मल्टिप्लग थान १, बिंड नभएको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ ।

मोबाइलहरु बारे सोधपुछ गर्दा अजरअमर रोडस्थित ग्रेस मोबाइल एण्ड वाच सर्भिस सेन्टरबाट चोरेर ल्याएको उनीहरुले बताएको हुँदा सामान बरामद गरी उनीहरुलाई पक्राउ गरिएको छ । कानुनी प्रावधानअनुसार उनीहरुलाई ३ वर्षदेखि ५ वर्षसम्म कैद र ३० हजारदेखि ५० हजारसम्म जरिवाना हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्