महोत्सवमा आएका कलाकारलाई चेतनामुलक प्रस्तुति राख्न मन्त्रीको आग्रह



धनवीर दाहाल, रुकुम (पश्चिम) ।
सानीभेरी गाउँपालिकामा कृषि, कला संस्कृति तथा पर्यटनको प्रवर्धन गर्न कृषि पर्यटन तथा साँस्कृतिक महोत्सब २०७५ उद्घाटन गर्दै कर्णाली प्रदेश भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के।सी।ले महोत्सबमा आउने कलाकारहरुलाई आफ्नो कलाकारिता मार्फत समाजमा विकृति विसंगति विरुद्धका चेताना मुलक तथा सन्देशसहितको प्रस्तुति दिन आग्रह गर्नुभएको छ ।

आजभोली लाग्दै आएका मेला महोत्सबहरुले समाजमा नकारात्म शन्देश प्रबाह गरेकाले यस्ता गतिविधि रोक्नुपर्ने मन्त्री केसीले बताउनु भयो । आफ्नो घर छोडी रोजगारिको शिलशिलामा बिदेश गएका नेपालीहरुलाई नेपालमै पशिना बगाए सुन फलाउन सकिने तथा युवाहरुलाई कृषि पेशामा आत्मनिर्भर हुन सकिन्छ भन्ने जस्ता चेताना कलाकारीता मार्फत सन्देश दिन जरुरी रहेको उहाँले बताउनु भयो ।
त्यस्तै उद्घाटन समारोहमा बोल्दै विशेष अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले सानीभेरीका विभिन्न ऐतिहिँक, धार्मिक, पर्यटकिय क्षेत्र तथा संस्कृतिले भरिपूर्ण रहेको रुकुम पश्चिमलाई यस्ता मेला महोत्सबले चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सानीभेरीमा आयोजित महोत्सबलाई कृषि तथा सस्कृति संग जोडी यहाँको अवस्थालाई दुरुस्तै उतार्ण खोजेकाले आयोजक लाई धन्यबाद समेत दिनुभयो ।

विभिन् स्थानबाट आएका पञ्चेबाजा, मयुर नाँच, पैस्यारु नाच तथा स्थानिय कलाकारको प्रस्तुति संगैमहोत्सब उद्घाटन गरीएको छ ।
सानीभेरि गाउँपालिका भित्र रहेकाकृषि उत्पादित सामाग्रीहरुको प्रदर्शनी तथा विक्री वितरण गर्न महोत्सबमा स्टलहरु राखीएको छ । विभिन्न ८० कृषक समूह तथा व्यक्तीहरुले आँफुले उत्पादन गरेको तरकारी, फलफूल, मौरीको मह, च्याउ, विउ तथा दलहन जस्ता वस्तु महोत्सबमा राखेको सानीभेरी कृषि शाखा प्रमुख टिकाराम ओलीले बताउनु भयो ।

१६ गते सम्म संचालन हुने महोत्सबमा स्थानिय कला सस्कृति तथा राष्ट्रय स्तरका कलाकरको प्रस्तुती रहने आयोजक मूल समारोह समितिका संयोजक डिल्ली परियारले बताउनु भयो ।

कर्णाली प्रदेश भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के।सी।को प्रमुख आतिथ्यतामा भएको महवत्सब उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का जिल्ला अध्यक्ष महेन्द्र केसी, गाउँपालिका अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली तथा विभिन्न पार्टी प्रतिनिधी, वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्