डा. बाबुराम भट्टराईको नयाँ दौरा लुक



काठमाडौं । पूर्व प्रधानमन्त्री एवंम नयाँ शक्ति नेपालको संयोजक डा. बाबुराम भट्टराई पहिलो पटक दौरा–सुरुवालमा देखिनुभएको छ । नयाँ शक्तिले सञ्चालन गरिरहेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानका क्रममा कर्णाली प्रदेश पुग्नुभएका डा.भट्टराईले पहिलोपटक दौरा–सुरुवाल लगाएर आफ्नो फोटो सार्वजनिक गर्नुभएको हो ।
उहाँले आफू प्रधनमन्त्री हुँदा समेत दौरा-सुरुवाल लगाउनु भएको थिएन । वि.सं २०६८ सालसम्म नेपालको राष्ट्रिय पोसाक दौरा–सुरुवाल रहेको थियो तर सोही वर्ष प्रधानमन्त्री बन्नुभएका डा भट्टराईले दौरा–सुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाउनुभएको थियो ।

तत्कालीन माओवादी नेताहरु दौरा–सुरुवाललाई ‘सामन्ती पोशाक’ भनेर बहिस्कार गर्ने गर्थे । आज उहाँले पहिलोपटक सोही पोशाक लगाएर नयाँ लुकमा समाजिक सञ्जालमा प्रस्तुत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्