नेकपा सचिवालय बैठकः कार्यदलको म्याद थप गर्ने नगर्नेबारे विवाद, कार्यदल विघटन गर्ने ओलीको प्रस्ताव



नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थप गर्ने नगर्नेबारे विवाद उत्पन्न भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यदल विघटन गर्ने प्रस्ताव राखेका छन् भने बहुमत सदस्य त्यसको विपक्षमा उभिएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीसँगै ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा उभिएका छन् ।

कार्यदलका बहुमत सदस्यहरुले भने आफूहरुकाम गर्न नदिइएको धारणा राखेका छन् । कार्यदलबारे सहमति जुट्न नसकेपनि यसबारे भोलि फेरि चर्चा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्