चिनिया पुर्व सैनिक जनरललाई आजिवन कारावास



बेइजिंग,(एजेन्सी)
चीनको एकजना उच्च पदस्थ पुर्व सैनिक जनरललाई बुधवार भ्रष्टाचारको अभियोगमा एक अदालतले आजिवन कारवास संजाय सुनाएको चिनिया आधिकारिक संचार नकिाय सिन्ह्वाले जनाएको छ ।

जन मुक्ति सेनाका पुर्व सयुक्त सेनाध्यक्ष फांग फेंगहुइलाई घुस लिएकोमा दोषि ठहर गरेको तथा उनले आफ्नो अकुत सम्पत्तिको श्रोत खुलाउन नसकेको पनि सिन्ह्वाले जनाएको छ ।सन् २०१७ मा चिनिया राष्ट्रपति सि जिन्पिंगले पहिलो पटक आफ्नो अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसंग भेटघाट गर्दा ६७ वर्षिय फांगको पनि उपस्थिती रहेको थियो ।

सिले भ्रष्टाचार विरुद्ध कडा अभियान थाले यता थुप्रै उच्च पदस्थ सरकारी अधिकारी जेल परिसकेका छन् । यो अभियान विशेष गरी अहिले अत्याधुनिकिकरण कार्यमा जुटिरहेको विश्वकै सबैभन्दा ठूलो संख्यामा रहेको चिनिया सेना माथि केन्दि«त रहेको छ ।

बिना कुनै स्पष्ट कारण सन् २०१७ मा फांगले आफ्नो पद गुमाउन पुगेका थिए । त्यसपछि उनी कहिंकत ैसार्वजनिक भएको थिएन । केहि समयपछि चीन सरकारले उनी विरुद्ध भ्रष्टाचार सम्बन्धमा अनुसनधान भइरहेको जनाएको थियो ।

फांग चीनको सर्वोच्च सैनिक निकाय शक्तिशाली केन्दि«य सैनिक आयोगका सदस्य पनि रहेका थिए । उनी सो आयोगको अर्का शक्तिशाली सदस्य झाँग याँगको हाराहारी ओहदाका थिए । झाँग विरुद्ध सन् २०१७ मा भ्रष्टाचार सम्बन्धमा छानविन भइरहेकैेबला उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्