अर्थमन्त्री बेलायत प्रस्थान



काठमाडौं(नेस)
आगामी २९ देखि ३० मार्च, २०१९ सम्म नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारी गर्नको अर्थ मन्त्री डा. युवराज खतिवडा बुधबार राजधानी लण्डनतर्फ प्रस्थान गर्नुभएको छ ।

लगानी सम्मेलनलाई समेत सहयोग पु¥याउने उद्देश्यले यही फेव्रुअरी २१ मा वेलायत स्थित नेपाली राजदुतावासद्वारा आयोजना हुने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागी हुन अर्थ मन्त्री त्यस तर्फ प्रस्थान गर्नु भएको हो ।

भ्रमणको क्रममा अर्थमन्त्री खतिवडाले गैह्र आवासीय नेपाली सघ, वेलायत र नेपाल वेलायत चेम्वर अफ कमर्शको लगायतको कार्यक्रमहरुमा पनि सहभागी हुनु हुनेछ।

भ्रमणवाट नेपाल र संयुक्त अधिराज्य वीचको पारस्परिक हित अभिबृद्दिमा सघाउ पु¥यानुका अतिरिक्त नेपालमा आयोजित लगानी सम्मेलनमा संयुक्त अधिराज्यका सम्भाव्य लगानीकर्ताहरुलाई सहभागी गराउन समन्वय गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ। अर्थ मन्त्रीको साथमा अर्थ मन्त्रालय र लगानी वोर्डको कार्यालयवाट एक एक जना प्रतिनिधि सहभागी हुनु हुनेछ।

प्रतिक्रिया दिनुहोस्