ग्याँस व्यवसायीहरु आन्दोलनमा उत्रिने चेतावनी



काठमाडौं(नेस)
विगत ५ वर्ष देखि ग्याँसमा कमिसन नबढाएको भन्दै ग्याँस उद्योगीहरुले आन्दोलन गर्ने भएका छन् । उद्योगीहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै फागुन ३० देखि खाना पकाउने ग्याँस बिक्री नगर्ने घोषणा गरेका हुन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल एलपी ग्यास उद्योग संघले फागुन १६ गतेसम्म सरकारले संघको माग सुनुवाई नगरे बिक्री वितरण ठप्प पार्ने जनाएका हुन् । संघले सो समय सम्म पनि माग सम्बोधन नगरे १७ गतेबाट आन्दोलन गर्ने बताएका छन् ।

ग्याँस उद्योगको समस्या समाधानको लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ४५ दिनभित्र सूची वनाएर काम गर्ने भनेको पाँच महिना विति सक्दा पनि सरकार उदासीन भएको भन्दै संघले आन्दोलन गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्