ज्योति विकास बैंक लिमिटेडको पाँच नयाँ शाखा उद्घाटन



काठमाडौं । ज्योति विकास बैंक लि ले भक्तपुर जिल्लाको बोडेमा, काभे्रको बनेपामा तथा काठमाण्डौ जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा समेत गरी एकै दिन पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं ८, बोडेचोकमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्णमोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वरप्रसाद अधिकारीले एक कार्यक्रमकाबीच बुधबार संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

साथै काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं ७ बनेपा बजारमा मा रहेको शाखाको पनि प्रमुख अतिथी बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँहबादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उद्घाटन गर्नुभयो ।

त्यसैगरि काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिका वडा नं ६, साखँु बजारमा रहेको नयाँ शाखा प्रमुख अतिथी शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठ र कीर्तिपुर नगरपालिका वडा न्ां ९, नयाबजार काठमाडौमा रहेको शाखा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गर्नुभयो ।

चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्रबँैकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्