नेपाल–भारत जोड्ने झोलुङ्गे पुल दिनमा ४ घण्टा बन्द हुने



किरन धामी, दार्चुला ।
दार्चुला जिल्ला सदरमुकाम खलंगाको घाटबजारमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल विहीबारबाट ५ दिन सम्म दिनमा ४ घण्टा बन्द हुने भएको छ । पुलमा प्रयोग भएका फलामे प्लेटहरु जिर्ण बन्दै गएको तथा नयाँ प्लेट फेर्नका लागी दिनमा ४ घण्टा पुलमा आवत जावत बन्द गर्न भारतीय प्रशासनबाट नेपाली प्रशासनलाई पत्राचार भएको छ ।

पुलमा प्रयोग भएका प्लेटहरु पुराना भएका कारण झोलुङ्गे पुलको सुरक्षाका लागी प्लेट फर्नु पर्ने अवस्था आएको तथा प्लेट फेर्न पुल बन्द गर्नु परेको भारतिय प्रशासनले पत्र मार्फत नेपाली प्रशासनलाई जानकारी गराएको नेपाली सुरक्षा अधिकारीले बताएका छन् । झोलुङ्गे पुल विहीबार दिउसो १ बजे देखी वेलुकी ४ बजे सम्म दिनमा ४ घण्टा गरि फागुन १३ गते सम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
दिउसो १ बजे देखी बेलुकी ४ बजे सम्म पुलमा आवत जावत बन्द गरिए पनि अन्य समयमा भने आवत जावत गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्