बाइडबडी काण्डका मन्त्री झण्डा हल्लाएर हिडिँरहनु दुर्भाग्य– सांसद यादव



काठमाडौ. । संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादबले वाइडबडी घोटाला काण्ड लागेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्रप्रसाद अधिकारी अझैपनि घमण्डका साथ झण्डा हल्लाएर हिडिँरहनु दुर्भाग्य भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै पर्सा–१ बाट निर्वाचित सांसद यादबले सार्वजनिक लेखा समितिको उपसिमितिले दिएको प्रतिवेदन कहाँ गयो भनेर सरकारलाई प्रश्न गर्नुभयो ।

‘उपसमितिले दिएको प्रतिवेदनलाई तोडमोड गरियो तर पनि दोषी र भ्रष्टलाई कारवाही किन भएन ?’ उपसमितिका सदस्यसमेत रहनुभएका यादबले भन्नुभयो ‘ यो विषयलाई अख्तियारले किन कारवाही गरेन, सरकार के हेरेर बसिरहेको छ ।’

यादबले नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार महाभ्रष्ट भएको आरोप लगाउनुभयो ।

पछिल्लो समयमा वाइडबडीको विषय ओझेलमा परेको छ भने दोषीलाई कारवाही गर्नेतर्फ कुनै पनि निकायले चासो नदेखाएकाले संसदमा सांसदहरुले आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्