सिहदरबारको ढोकैमा गरिबीको चपेटा



भगवती तिमल्सीना, काठमाडौ ।
सिहदरबारको ढोकै अगाडि अझ स्वास्थ्य मन्त्रालयको परिसर हुँदै बग्ने टुकुचा खोलामा प्रवेश त के नजिकैबाट हिड्दा समेत नाक थुन्नुपर्ने अवस्था छ । तर बुधबार दिउसो झण्डै एक बजेतिरको दृश्य हो एकजना अधबैसे व्यक्ति जीविकोपार्जनका लागि यस्तो दुर्गन्धित खोलामा पौडिदै आफु भन्दा तीन गुना ठूलो भारी खोलामा घिसार्दै थिए ।

उनी सकी नसकी पुराना प्लाष्टिकका भाडा सहितको बोरा बोकेर खोला किनारामा निस्किदाको दृश्य । चारैतिर बार बन्देजका बाबजुद उनले बगीरहेको दुर्गन्धित खोलालाई बाटो अपनाउँदै माइतीघर मण्डलाबाट भद्रकाली प्रवेशको बाटो पहिल्याउदै थिए ।
स्वस्थ र स्वच्छ नेपालको अवधारणा २०७२ को संविधानमा उल्लेख गरिएता पनि व्यवहारमा ल्याउनका लागि कसरी पहल भैरहेको छ र गरिबीको चपेटामा परेका यस्ता व्यक्तिले कहिले प्रत्याभूत गर्न पाउलान ?

प्रतिक्रिया दिनुहोस्