स्प्राइटको डबल डोज समर क्यापेन



काठमाडौं, (नेस) पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राइटको ‘स्प्राइट डबल डोज, रिफ्रेस पनि रिचार्ज पनि’ नामक समर क्याम्पेन सार्वजनिक गरेको छ ।

यस क्याम्पेनमा ग्राहकले कोका–कोला ब्रान्डका स्प्राइट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल (आरजीबी) किनेर सहभागी हुन सक्नेछन् ।

स्प्राईटले यस अभियानको टीभीसी पनि सार्वजनिक गरेको छ । उक्त टिभी कमरसीयलमा स्प्राइटका ब्रान्ड एम्बेस्डर अनमोल केसी, अभिनेत्री सुपुष्पा भट्ट र युट्यँबर जिबेश गुरुङ रहेका छन् । टीभीसीमा अनमोल प्रचण्ड गर्मीमा कलेजको क्यान्टिनमा बसेर स्प्राइटको आनन्द लिइरहेका हुन्छन् ।

सुपुष्पा गर्मीले पसिनै पसिना भएर मुख छोपेर अनमोल नजिकैबाट हिडिरहेकी छिन् भने आफ्नो फोनमा ब्यालेन्स नभएर दुखी पनि देखिन्छिन् । त्यो देखेर अनमोलले स्प्राइटलाई हेर्छन् र मुस्कुराउँदै कुलरबाट स्प्राइट झिकेर बिर्को निकाल्छन् र सुपुष्पालाई दिन्छन् । त्यसपछि उनले सुपुष्पालाई युनिक कोड भएको बिर्को पनि दिन्छन् जसमार्फत सुपुष्पाले रिचार्ज जित्न सक्नेछिन् ।

टीभीसीमा देखाएजस्तै ग्राहकले स्प्राईट खाएर रिफ्रेस हुनुका साथै आफ्नो फोनमा रिचार्ज गर्न पनि सक्नेछन् । उक्त क्यापेनमा प्रोमोस्नल क्रियाकलाप, ग्राउन्ड एक्टीभेसन हुनेछन् । साथै राष्ट्रिय दैनिक पत्रिका र अनलाइनमा विजेताहरुको नाम घोषणा गरिने कम्पनीले जनाएको छ ।

यस अफरमा सहभागी हुन ग्राहकले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको युनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्नेछ । उक्त योजना ३१ मार्च २०१९ सम्म मात्र लागँ हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्