खानेपानी सचिव ठाकुर हटाइए



काठमाडौं, (नेस)
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई जिम्मेवारीबाट हटाइएको छ । कार्यक्षमतामा कमजोर देखिएकोले उहाँलाई मन्त्रिपरिषद् बैठकले जिम्मेवारीबाट हटाएको हो ।

सोमबारको बैठकको निर्णयसँगै उहाँ जगेडा सचिवमा पुग्नुभएको छ । उहाँलाई हटाइए पनि सचिवमा कसैलाई ल्याइएको छैन । त्यसकारण मन्त्रालय हाल सचिवविहीन रहेको मन्त्रालयले जनाएको छ ।

केही महिनादेखि खानेपानीमन्त्री विना मगर र सचिब ठाकुरबीच भएको मनमुटाव बढेसँग सचिव जिम्मेवारीमुक्त हुनुभएको स्रोत बताउँछ ।
मेलम्चीको मुख्य ठेकेदार कम्पनीले कार्यक्षेत्र छोडेर भागेसँगै मन्त्री मगर र सचिव ठाकुर विचमा टकराब आएको स्रोतको दाबी छ ।

सचिव ठाकुरले मन्त्रीले देशलाई घाटा गर्ने गरी गैरकानुनी ढंंगले भागेको ठेकेदारलाई २ अर्ब रकम दिएर फेरि ल्याउन लागिएको आरोप लगाउनुभयो । मन्त्रीले सचिव ठाकुरलाई मेलम्ची खानेपानी आयोजनामा मनपरी गरेकाले ठेकेदार भागेको भन्दै सचिव ठाकुरलाई आरोप लगाउनुभएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्