विप्लवको लुम्बिनी बन्द फिर्ता



गुल्मी ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गर्ने भनिएको लुम्बिनी बन्द फिर्ता भएको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले भोली फागुन ८ गते बन्द आव्हान गरेको थियो ।

माघ २३ गते अर्घाखाँचीबाट गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता कार्यकर्ताहरु रिहाइको माग गर्दै बिप्लव नेतृत्वको नेकपाले भोली फागुन ८ गते लुम्बिनीका ७ ओटा जिल्ला बन्दको आव्हान गरेको थियो ।

पक्राउ गरेका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिम खड्का, अर्घाखाँची सचिवालय सदस्य पिताम्बर पोखरेल, टुकलाल पुनलाई रिहा गरेपछि भोलि आब्हान गरिएको बन्द फिर्ता लिइएको नेकपाका गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्काले बताए ।

अर्घाखाँची जिल्लाको छत्रदेवबाट गत माघ २३ गते नेकपाको सांगठनिक अभियानको शिलशिलामा अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्