प्रजातन्त्र दिवसमा एम्बुलेन्ससहित ५० हजार



हेटौंडा ।
मकवानपुरको उत्तरी क्षेत्र थाहानगर–६ स्थित बज्रबाराही स्वास्थ्य चौकीलाई प्रजातन्त्र दिवसको अवसरमा एम्बुलेन्ससहित सञ्चालनका लागि ५० हजार हस्तान्तरण गरिएको छ ।

सामाजिक कार्य गर्ने सिलसिलामा केही दिनअघि स्वर्गीय पिताको स्मृतिमा मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकाको राईगाउँ स्वास्थ्य चौकी र एक वर्षअघि स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा–१८ स्थित हर्नामाडी स्वास्थ्य चौकीलाई पनि एम्बुलेन्स र सुरुमा सञ्चालन खर्च ५०/५० हजार नगद हस्तान्तरण गर्नुभएका प्रदेश–३ का प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले पिता क्षेमबहादुर बानियाँको स्मृतिमा एम्बुलेन्स सहयोग गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्