दिगो विकासका लागि मन्त्रालयमा डेलिगेशन



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको दक्षिणी क्षेत्र भारतसंग सीमा जोडिएको बेलडाँडीको दिगो विकास र सम्बृद्धिको लागि विभिन्न मन्त्रालयमा डेलिगेशन बुझाईएको छ । नेकपा युवा नेता अक्कल बहादुर विष्टको नेतृत्वमा बेलडाँडी स्थायी घर भएका विगतदेखि राजधानीमा बस्दै आएका युवाहरुको सकृयतामा खानेपानी लगायतका मन्त्रालमा ज्ञापन पत्र बुझाईएको हो ।

नेकपा युवा नेता विष्ट सहित पत्रकारत्रय रोशन खडका, हरिस नगाल, बिमल धामी, हरिश धामी भरत धामी लगायतले मन्त्री, सचिव, नेताहरुलाई ज्ञापन पत्र बुझाएका छन् । राज्यबाट उपेक्षित बेलडाँडीको एकिकृत विकासका लागि बेलडाँडीलाई धनगढी र महेन्द्रनगर जोड्ने हुलाकी राजमार्ग लगायतको विषयमा गम्भिर भईदिन आग्रह गरिएको छ ।

सीमा सुरक्षा, प्राकृतिक कालिकिचको संरक्षण, शिक्षा स्वास्थ्य, खानेपानी, रोजगार, भूमि सुधार एव खेलकुदको दिगो विकास र सम्बृद्धिका लागि पहल गरिदिन अनुरोध गरिएको छ । यस्तै प्रकोपको उच्च जोखिममा रहेका चौधरी नदी र झर्नाखोला निन्त्रणका लागि आवश्यक बजेटको समेत माग अघि सारिएको छ ।

उक्त टोलीले खानेपानी मन्त्री बिना मगरलाई बुझाएका यस्ता छन् मागहरु: मुख्य खानेपानी ट्याङ्की निर्माण बेलडांडी गाउँपालिकाको वडा नं. २ मा, शुद्ध पिउनेपानी बेलडांडी गाउँपालिकाको वडा नं. २ कालिकीच क्याम्प चोक, वडा नं. १ कालिका चोक, वडा नं. ४ बैजनाथ चोक, वडा नं. ५ बैजनाथ स्कुल चोक,बेलडांडी गाउँपालिकको वडा नं. २ मा रहेको चवन्नी वजार पछाडीको अधुरो कवड हल निर्माणमा निरन्त्रता र सो ठाउँमा खानेपानीको व्यवस्था गरिनु पर्ने, रौलेश्वर जनता बहुमुखी क्याम्पसमा खानेपानी तथा उद्यानको व्यावस्था गरिनु पर्ने, चवन्नी देखि बेलडांडी बजारसम्मको ग्रिन बेल्डलाई लाइनिङ गरिनुका साथै उद्यानमा परिणत गर्नु पर्ने, सुचना सम्बन्धी लडांडीमा लेण्डलाइन तथा इन्टरनेटको व्यवस्था गरिनु पर्ने , एउटा सुचना केन्द्र स्थापना गर्नुपर्ने, सुचना मैत्री गाउँपालिका बनाउनका लागि श्रोत तथा उपकरको आवश्यक्तापुर्तीका साथै सुचना डेस्क राखिनु माग अघि सारिएका छन् ।

उर्जा सम्बन्धी दैजी देखि बेलडांडी सिधा विद्युत प्रशारण मुख्य लाइन स्थापना गर्नु , मिनी पावर स्टेशनको स्थापना, ट्रान्सफार्मर, विद्युत महसुल काउण्टर स्थापना गर्नुपर्ने, सिमसार व्यवस्थापन गर्नुपर्ने, किसानको खेत सम्म सिचाईका लागि पानी पुर्याउन नयाँ आधुनीक व्यवस्था गर्नुपर्ने, फोहर व्यवस्थापन केन्द्र स्थापना गरिनुपर्ने बेलडांडी ५ झिलमिलाफाँटा र बेलडांडीका मुख्य सडकमा सौर्यवत्ति जडान गरिदिनुपर्ने माग अघि सारिएका छन् ।

यस्तै खेलकुद तर्फ हरेक वडामा वडामा खेल मैदानको व्यवस्थापन गरिदिनुपर्ने, युवा क्लवलाई खेल सामग्री तथा उपकरहरु उपलब्ध गराईदिनुपर्ने, बेलडांडी क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई सम्मान स्वरुप आजीवन भत्ताको व्यस्थापन, प्रत्येक वडामा साना घरेलु उद्योग स्थापित गरी बेरोजगार युवाहरुलाई स्वरोजगार मााग अघि सारिएको छ । यस्तै बन वातावरण तर्फ बेलडांडी संग जोडीएको कालिकीच ताल देखि बेलौरी नगरपालिकामा रहेको समुदायिक बन सम्मको निकुञ्जको एरिया समुदायिक बनमा परिणत गरी सो क्षेत्रका जनतालाई जवाफदेहि र जिम्मेवार बनाउनुपर्ने, चौधर खोला, झर्नाखोला नियन्त्रण गर्नुपर्ने, बेलडांडी क्षेत्र रिङरोडका लागि डिपिआर गरिनुपर्ने माग छन् ।

प्रतिक्रिया दिनुहोस्