पूर्व आयुक्त लामिछानेमाथि कारवाहीको बाटो खुल्यो



काठमाडौ(नेस) । एक इन्जिनियरिङ कलेजको बिवाद मिलाउने नाममा घुस खाएको प्रमाणित भएपछि राजिनामा दिएका अख्तियारका पूर्व आयुक्त राजनारायण पाठकमाथि मुद्धा चलाउने बाटो खुलेको छ । अख्तियारले पाठकमाथिको कारवाहीकालागि महानायाधीवक्ताको कायाृलयसंग राय मागेकोमा सो कार्यालयले अनुसन्धान गर्न मिल्ने राय दिएपछि उनीमाथि कारवाही हुने भएको हो ।

महान्यायाधिवक्ता कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई घुसकाण्डमा जोडिएपछि राजिनामा दिएका पाठकमाथि अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिएपछि अख्तियारले छानवीवन प्रकृया अगाडि बढाउने भएको छ ।

अख्तियारले पाठकमाथि मुद्दा चलाउने कानुनी आधारका बारेमा राय माग गर्दै पत्र सो कार्यालयलाई पत्राचार गरेको थियो । आफ्नै संस्थामा केही समय अघिसम्म आयुक्त रहेका पाठकलाई अनुसन्धान गर्नुपर्ने स्थिति पैदा भएपछि अख्तियारले महान्यायाधिवक्ता कार्यालयसंग रायमाग गरेको थियो । अख्तियारले माग गरेअनुसार महान्यायाधिवक्ताको कार्यालयले राय पठाएको बताइएको छ ।

‘भ्रष्टाचार निवारण ऐन अनुसार पूर्व पदाधिकारीको रुपमा मुद्दा चलाउन सक्ने आधार रहेका छन्, जो भ्रष्टाचार संलग्न हुन्छ उसले उन्मुक्ती पाउन सक्दैन’, रायमा भनिएको छ, ‘संविधानको धारा २३९ को उपधारा २ मा महाअभियोग लाग्ने व्यक्तिलाई पदमुक्त भएपछि अख्तियारले नै अनुसन्धान गर्न र गराउन सक्ने उल्लेख छ ।’

त्यही धाराको उपधारा ३ मा त्यस्ता व्यक्तिले भ्रष्टाचार मानिने काम गरेको देखिए अदालतमा मुद्दा चलाउन सक्ने भएकाले अनुसन्धानमा वाधा नहुने रायमा उल्लेख छ ।

अनुसन्धान गरि मुद्दा चल्न सक्ने राय महान्यायाधीवक्ताको कार्यालयले दिएपछि अख्तियारले घुसकाण्डमाथि छानविन अघि बढाउन सक्ने देखिएको छ । अख्तियारले मुद्दा अघि वढाएर विशेष अदालतमा मुद्दा दायर गरेमा पाठकलाई ११ वर्षसम्म जेल र बिगो र सो बमोजिम जरिवाना हुन सक्ने बताइएको छ ।

स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्