एमबाप्पेको गोलमा पीएसजी विजयी



लन्डन, (एजेन्सी)
किलियन एम्बाप्पेको निर्णायक गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट एटिएनलाई हराएको छ ।
पिएसजीको जितमा ७३औं मिनेटमा एम्बाप्पेले गरेको गोल नै निर्णायक सावित बनेको थियो । उनले ड्यानी आल्भेसको पासलाई सदुपयोग गर्दै उक्त गोल गरेका थिए ।

स्टार फरवार्डद्वय नेयमार र एडिन्सन काभानीबिनै खेलिरहेको पीएसजीले उक्त खेलमा मिडफिल्डर मार्को भेराट्टीलाई पनि आराम दिएका थिए । उनको अनुपस्थितिमा जुआन बर्नत र लियान्द्रो पेरेदेसले मिडफील्डमा बलियो पकड जमाएका थिए ।

जितपछि पीएसजीले शीर्षस्थानमा अग्रता बढाएको छ । पीएसजीको २३ खेलमा ६२ अंक रहेको छ । २५ खेलमा ५० अंक बोकेको लिले दोस्रो स्थानमा छ । हारपछि अंक तालिकाको पाँचौ स्थानमा रहेको सेन्ट एटिएनको २५ खेलबाट ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस्