पति, सरकारलाई साढेसाती



देश पित्तृसतात्मक हो भनेर चर्चा गर्नु बेकार छ । घर बाहिरको कुरो त्यस्तै हो, घरभित्र पति चल्छन् पत्नीको चालले । पति जतिसुकै धनपति भएनी, विद्धान मतिका भएनी, दायाँ–बायाँ छक्का–पञ्जावाल भएनी आखिर घरको कुरो त्यहि हो ।

घरको खास कुरो यस्तै भएनी अहिले मुलुकाँ फेरी पतिकै चर्चा छ । जब–जब यो देशाँ कम्युनिष्ट सरकार चल्छ तब–तब मुलुकाँ पति ग्रहले अचाक्ली दुःख दिन्छ भन्या । पशुपति, सेनापति, राष्ट्रपतिले विगतमा कम्युनिष्ट सरकारलाई अप्ठ्यारो पारेकै हो, अहिले फेरी गायक पशुपति उस्तै साढेसाती ग्रहका देखिया छन् ।

दुई तिहाई सरकारको नाडी कति बलियो रैछ भन्ने चुरो कुरो उनै स्याङ्जाली पशुपतिले शब्द र लयले गज्जपले नापे । जे होस, सडकदेखि सदनसम्म उनै स्याङजालीको चर्चा छ । अब फेरी बाम सरकारलाई पतिले दुःख दिने भएसी साढेसाती मन्छाउन सरकार लागिप¥या छ भन्ने सुनिन्छ । त्यै पनि सरकारका मन्त्रीले पशुपति चिन्दैनन् रे, नचिने पनि उनको गीत चाहिँ राम्रै सुन्या होलान् ।
धरहरालाई लाग्या कुरा, यो माम्लामा चाहिँ केन्द्रदेखि प्रदेशका मन्त्री पत्नी पनि आफ्नै पतिकै लाइनमा होलान् ।

प्रतिक्रिया दिनुहोस्