सिन्जे आवेद्वारा ट्रम्पलाई नोवेल पुरुस्कार सिफारिस



वासिंगटन,(एजेन्सी )
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आवेले आफूलाई नोवेल शान्ति पुरस्कारको लागि मनोनयन गरेको जानकारी दिएका छन् । कोरियाली प्रायद्धिपलाई आणविक मुक्त बनाउने उद्देश्यले उत्तर कोरियासँग संवाद शुरु गरेकोमा आवेले आफूलाई मनोनयन गराएको उनले थप जानकारी दिएका छन् । गत वर्षको १२ जुनमा ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनबिच भएको ऐतिहासिक वार्ताके दौरान कोरियाली प्रायद्धिपमा निशस्त्रीकरण गर्नेबार ेसहमति भएके थियो ।

मेक्सिको तर्फको दक्षिणी सिमानामा प्रस्तावित पर्खालबारे छलफल गर्न ह्वाइट हाउसमा आयोजित एक सम्बाधन कार्यक्रममा ट्रम्पले उक्त कुरा बताएका हुन् । ट्रम्पले भनेका छन् , ‘ सिन्जो आबेले मलाई एकदमै सुन्दर एक पत्रको एक प्रति पठाएका छन्। सो पत्रमा आवेले आफुले जापानको तर्फबाट सम्मानस्वरुप मलाई मनोनयन गरेको उल्लेख गरेका छन् । आवेले नोवेल समितीलाई म नोवेल शानित पुरुस्कारका लागि योग्य रहेको भनी सिफारिस गरेको पनि सो पत्रमा उल्लेख गरेका छन् । ’

यसैबिच दक्षिण कोरियाली राष्ट्रपति मून जाय–इनले पनि उक्त पुरस्कारको लागि ट्रम्पलाई समर्थन गरेको बुझिएको छ । मूनले पनि उत्तर कोरियासँगको सम्वाद शुरु गर्ने श्रेय ट्रम्पलाई दिएका छन् ।

यसअघि पुर्व अमेरिकी राष्ट्रपति वाराक ओवामाले सन् २००९ मा नोवेल शान्ती पुरस्कार पाएका थिए । ओबामाले आणविक हतियारहरु रहित विश्व शान्ती तथा सुरक्षा खोजिका लागि अमेरिकी प्रतिवद्धता जनाए वापत सो पुरुस्कार पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्