आर्थिक कूटनीतिलाई प्रभावकारी ढंगले अगाडि बढाइने



काठमाडौं, (नेस)
आफँ कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने ा नवनियुक्त राजदुतहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।। राष्ट्रले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न विभिन्न देशहरूमा रहेर आफँहरूले नवीनतम् तवरले आर्थिक कँटनीतिका माध्यमबाट सहयोग गर्ने र सोक्रममा निजी क्षेत्रसँग समेत नजिकमा रहेर कार्यगर्ने बिचार उहाँहरूको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार मलेसिया, संयुक्त अरब इमिरेटस, फ्रान्स, कुवेत, क्यानाडा, राष्ट्रसंघ, थाइल्यान्डका लागि नवनियुक्त राजदँतहरूसँगको छलफलमा सो विचार व्यक्त गरेका हुन् ।

महासंघका अध्यक्ष भवानी राणाले जहाँ र जुनसुकै ठाउँमा रहे पनि मुलुक निर्माणमा हामी सबै नेपालीको दायित्व भएकाले आर्थिक व्यावसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा रहेर गरिरहेको प्रयासमा आफँ कार्यरत देशहरूमा रहेर राजदँतहरूले सहयोग गर्न आग्रह गर्नुभयो । यसका लागि यहाँबाट राजदँतावासहरूले खोजेको सहयोग गर्न महासंघ तयार रहेको पनि उहाँले विश्वास दिलाउनुभयो ।

आफँ कार्यरत मुलुकमा नेपालमा लगानीको वातावरण, निजी क्षेत्रसँगको आपसी सम्बन्ध विस्तार, लगानीका क्षेत्रहरू, अर्थतन्त्रसँग सम्बन्धित विद्यमान नीति तथा कानँन, नेपालको कला सँस्कृतिलगायतका विषयमा पर्याप्त प्रचार प्रसार गरी नेपालप्रति त्यहाँका जनता तथा लगानीकर्तालाई आकर्षित गर्ने वातावरण बनाई दिन समेत अध्यक्ष राणाले राजदँतहरूसँग आग्रह गर्नुभयो । साथै अध्यक्ष राणाले बिप्पा÷डीटीएमा समेत संयुक्तरूपमा कार्य गर्नुपर्नेमा जोडदिनु भयो ।

कार्यक्रममा नवनियुक्त राजदँतहरू मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल, फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानाडाका लागि भृगु ढुंगाना, जेनेभाका लागि मणिप्रसाद भट्टराई, थाइल्यान्डका लागि गणेशप्रसाद ढकाल र राष्ट्र संघका लागि अमृत राईको सहभागिता रहेको कार्यक्रममा उहाँहरूले आफ्नो कार्यकाललाई बढीभन्दा बढी सफल बनाउने विश्वास दिलाउनुभयो ।

मुलुकको हितका लागि आफ्नो सम्पँर्ण प्रयास केन्द्रित हुनेमा जोड दिँंदै आर्थिक कँटनीतिलाई प्रभावकारी ढंगले उपयोग गरी नेपालमा लगानी, पर्यटन, कला सँस्कृति(नेपाली चलचित्र), नेपाली उत्पादन(नेपाली हस्तकला)को प्रचार प्रसारमा केन्द्रित गर्ने भन्दै दुई देशका निजी क्षेत्र बीचको सम्पर्क तथा सम्बन्धलाई जोड्दै सोही माध्यममार्फत लगानी तथा व्यापार विस्तारमा जोड दिने विश्वास दिलाउनुभयो ।

लगानीयोग्य परियोजनाको विकासमा पनि निजी क्षेत्रको सहयोग आवश्यक रहेको उहाँहरुको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्