पार्वती बचाउन अभियान सुरु



डोटी, (नेस)
जिल्लाको सायल गाउपालिका ३ बस्ने हरिपाल थापाकी ८ महिनाकी गर्भवति श्रीमति पार्वति विष्ट (थापा) फागुन १ गते घरनजिकैको जँगलमा घास काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाईते भईन । दुरदराजका महिलाहरु सुत्केरी अबस्थामा जटिल अबस्थामा पुगे हेलिकप्टरको माध्यमबाट सरकारले सेवा प्रदान गर्दै सुरक्षित स्थान सम्म पु¥याउने बताई रहेका बेला डोटीको दुर्गम मानिने सायल गाउँपालिका क्षेत्रमा ज्यान सम्मको खतरा हुदा हेलिकप्टरबाट गर्भवति घाईते थापाको उद्दार हुन सकेन् ।

स्थानियबासी तथा नेकपाका नेता तेज डुम्रेलका जानकारी अनुसार ५ घण्टा सम्म गाउँको स्थानिय स्वास्थ्य चौकीमा हेलिकप्टर आउन्छ भन्दै राखेपछि हेलिकप्टर नआउदा निजलाई थपउपचारका लागि बाहिर पठाईएको थियो ।
हेलिकप्टर मगाउनका लागि स्थानिय तहको सिफारिस चाहिने भए पनि स्थानिय तहले सिफारिस नगर्दा समस्या भएको पिडित पक्षको गुनासो छ ।

गाँउमा केहि सिप नलागे पछि स्थानियको सहयोगमा घाईते थापालाई उपचारका लागि डोटीको दिपालय पिपल्ला स्थित शैलेश्वरी अस्पतालमा पु¥याईएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।

कोहलपुरमा पनि उपचार हुन नसके पछि उनलाई अहिले शिक्षण अस्पताल काठमाण्डौ पु¥याईएको उहाँका श्रमिान हरिपाल थापाले बताउनुभयो । आर्थिक अबस्था कम्जोर भएका कारण उपचारमा कठिनाई भएकाले आफनो श्रीमती बचाउनका लागि श्रीमान हरिपाल थापाले सबैमा आग्रह गरेका छन् ।

हरिपालको आग्रहपछि अहिले डोटीमा पार्वति बचाउन अभियान सुरु गरीएको स्थानिय तथा नेकपाका नेता तेज डुम्रेलले बताउनु भयो । उहाँले भन्नुभयो, “पाार्वतिको अवस्था गम्भिर छ, आर्थिक अवस्था कम्जोर भएकाले उपचार गराउन मुस्किल परेकाले हामीले जिल्लामा पार्वति बचाउ अभियान सुरु गरेका छौँ, सबैले सहयोग गरिदन आग्रह गर्दैछौँ ।”

यो समाचार तयार पार्दासम्म डोटीका पत्रकार शंकर थापा बाट रु ३०००, डोटीकै पत्रकार कर्ण चन्दबाट रु ३००० र अभियन्ता तेज डुम्रेलबाट ३००० गरि रु ९ हजार रुपैया पार्वति बचाउ अभियानका लागि संकलन भएको जनाईएको छ । घाईते थापाका दुई छोरी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्