‘वित्तीय साक्षरता र पहुँच बढ्यो’



????????????????????????????????????

काठमाडौं, (नेस)
वित्तीय विश्लेषकहरुको संस्था एसोसिएसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको औपचारिक शुरुवात भएको छ । वित्तीय क्षेत्रहरुको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितको लागि लगानी र पुँजी बजारमा नैतिकता, व्यावसायिकता र पारदर्शीता बढाउने उद्देश्यले चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए) संलग्न सो संस्था नेपालमा स्थापना भएको हो ।

गत वर्षको अप्रिलमा एसोसियसन गैरनाफामुलक संस्थाको रुपमा दर्ता भएको थियो । सीएफए पँरा गरेका एनालिष्टहरु नेपालमा १२ जना मात्र छन् भने ३ सय १७ जना अध्ययरत छन् । संस्थाले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ ।

संस्थाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले नेपालले देशमा राजनीतिक स्थिरता आएसँगै लगानीको वातावरण बन्दै गएको र उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्व रहेको बताउनुभयो । देश आर्थिक रुपान्तरणको बाटोमा रहेको बताउँदै उहाँले सरकारले नेपालमा लगानीका लागि उचित वातावरण बन्दै गएको बताउनुभयो । ‘वित्तीय साक्षरता र पहुँच बढ्दै गएको छ,सरकारले एक स्थानीय तह कम्तीमा एक बैंकको नीति लिएकाले यसले बिजनेस बढाउन मद्दत गर्छ ।’ उहाँले भन्नुभयो–‘भुक्तानी प्रणाली आधुनिकिकरण भएको छ । लगानीको वातावरण बन्दै गएको छ ।’ उहाँले वातावरण निर्माणसँगै लगानी वृद्धि हुँदै वित्तीय अवस्था सुधार हुँदै जाने बताउनुभयो ।

त्यस्तै नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको नियामकको हिसाबले नेपाल धितोपत्र बोर्ड लगानीको सुरक्षा गर्न सधै प्रयास गरिरहेको बताउनुभयो । उहाँले बोर्ड लगानीकर्तालाई आत्मविश्वासी बनाउन चाहेको उल्लेख गर्नु भयो । सीएफए एसिया प्यासिफिकका निक पोलार्डले प्रोफेसनल इन्भेष्टमेन्टले पुँजी बजारको नैतिक विकासमा सहयोग पु¥याउने बताउनुभयो । लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले लगानीबाट प्रतिफल निकाल्नु महŒवपँर्ण कुरा भएकाले प्रोफेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाको भुमिका महŒव हुने बताउनुभयो

चार्टर फाइनान्सियल एनालिस्टको क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञहरु, यसमा अध्ययरत विद्यार्थीहरु, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनिधिहरुका साथै बीमा, बैकिङ, मर्चेन्ट बैकिङ क्षेत्रका प्रतिनिधिसहित तीन सय जनाको सहभागिता थियो । एसोसिएसनका अध्यक्ष डा. मनोज शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तीय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधि बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्