फुस्सा नहोस है !



अच्चमै भयो, सरकारले वर्षदिन पार ग¥यो, इतिहास रच्यो । ‘सरकार दुईतिहाईको हुँदा पनि वर्षदिन त के, सरासर पाँच वर्ष टिक्छ, वर्षदिनको कुरा गरेर हुन्छ’– धेरैलाई यस्तै लाग्ला । तर प्रधानमन्त्री, मन्त्री र उनेरका लङ्गौटी समात्दै अघिपछि लम्किनेरलाई त्यस्तो विश्वास छदै थिएन ।

‘सरकारविरुद्ध देशी–विदेशी तत्व लागि प¥या छन्, हामी विरुद्ध षड्यन्त्र रच्नेहरु धेरै छन्’–खै, प्रधानमन्त्री र अन्य मन्त्रीहरुले बारम्बार यस्तै भन्या सुनिएकै हो, अझै भन्न छोड्या छैनन् । भनेसी सरकारलाई कति विश्वास थ्यो, पाँच वर्षे इतिहास रच्छ रच्दैन त्यो पाठकवृन्दले नै पत्ता लाउने कुरा हो ।

ओली सरकार गठन भएको केही साता लगत्तै गृहका बादल, आपूर्तिका यादव, पर्यटनका अधिकारी, कृषिका खनाल, खानेपानीकी मगर जस्ता मन्त्रीको चुरिफुरी निकै थ्यो क्यार । कार्यकाल सम्हालेपछिको यो अवधिमा उनरले के–के लछारपाटो लगाए कुन्नी ? कुनै बेला बादल निकै गर्जिया थ्ये, अहिले खै कि हो गुपचुपमा छन्, दैनिकजसो आकाश गर्जिन थालेर हो कि ?

धरहरालाई लाग्या कुरा चाहिँ के हो भने, सरकारले वर्षदिन नाग्नु ठूलो कुरा होइन । वर्षदिनमा जनअपेक्षा यो–यो पुरा भए, अब केही महिनाभित्रै फेरी धेरै सफलताका सूचि पनि थपिन्छन् भनेर दावी ग¥या भए पो । आगामी कार्यप्रगति ‘हात्ति आयो हात्ति आयो, फुस्सा’ चाहिँ नहोस है !

प्रतिक्रिया दिनुहोस्