सुदूरका १२ स्थानीय तहको नाम परिवर्तन



डोटी, (नेस)
सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ। प्रदेशका ७ वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो। सुदूरपश्चिमका बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएका हुन्।

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर तोकिएको छ। पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुडिबाजुरा तोकिएको छ। यस्तै स्वामीकात्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाउँपालिकाको नाम खप्तड छेदेदह गाउँपालिका राखिएको छ।

यस्तै, बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गाउँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर तोकिएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर राखिएको छ।

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे राखिएको छ। धुलिगडा केन्द्र रहेको दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगडा र लेकम गाउँपालिकाको केन्द्र रातामाटा कायम गरएको छ। संघीय सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो।

प्रतिक्रिया दिनुहोस्