हिमपातले कुहिँदै जडीबुटी



हुम्ला, (नेस)
हुम्लाका व्यापारीले संकलन गरेका जडीबुटी लगातार परेको हिमपातले भिजाएपछि कुहिने चिन्ता गरेका छन्।
भारी हिमपातले सिमकोटलगायतका खुला चउरमा थुपारिएका जडीबुटी भिजेका र लामो समयसम्म सुकाउन नसक्दा ठूलो नोक्सानी बेहोर्नुपरेको व्यापारीले बताए। सिमकोट विमानस्थलमा साठी क्विन्टल जटामासी नेपालगन्जमा उडानको लागि राखिएको जडीबुटी व्यापारी रामबहादुर भण्डारीले बताउनुभयो। उहाँका अनुसार खरिद गरी ल्याएको र भिजेको जडीबुटी लामो समयसम्म सुकाउन नपाएपछि कुहिन थालेको गुनासो गर्नुभयो। भिजेको जडीबुटी अब केही दिनभित्र सुकाउन नपाएमा ३६ लाख रुपियाँबराबरको घाटा लाग्ने बताए।

अर्का व्यापरी कल्लाने बुढाले पनि ८० भन्दा बढी क्विन्टल जटामसी सिमकोट विमानस्थलमै थन्किएको बताउनुभयो। जडीबुटी भण्डारण गरिएको स्थानको हिउँ पन्छाए पनि घाम नलाग्दा सुकाउन नपाएको बताए। अहिले सिमकोटमा मात्र नौ सय क्विन्टलभन्दा बढी जटामासी थुपारिएको व्यापारी बुढाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्