धमाधम नयाँ–नयाँ विमान आउँदै



दीपेन्द्र थापा, काठमाडौं
पर्यटकको आवागमन वृद्धिसँगै नेपालको हवाई क्षेत्रको विस्तार र विमानस्थलको संख्या थपिँदै गएपछि विमानको संख्या थप्ने क्रम बढेर गएको छ। आन्तरिक बजारमा हवाई यात्रुको संख्या वृद्धि भएकाले विमान थप्नु परेको निजी हवाई सेवा प्रदायक कम्पनीहरूको भनाइ छ।

 आन्तरिक उडान प्रतिस्पर्धा गरिरहेका बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सबीच विमान थप्ने प्रतिस्पर्धा नै चलेको छ। बुद्ध एयरले नयाँ विमान थप गरेसँगै नेपालगन्ज, भरतपुर भद्रपुर र पोखरामा एक÷एक उडान थप गर्ने कम्पनीको योजना रहेको छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नयाँ विमानबाट खासगरी भारतको कोलकता उडान गर्ने योजना रहेको बताउनुभयो।

नेपालका विमानको संख्या थपिने क्रममा रहेको छ। तर, यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ। अहिलेको अवस्थामा बजारमा सर्भाइभ हुने विमान कम्पनी चल्ने र चल्न सकेन भने बन्द हँुदै जाने बस्नेतको भनाइ छ। ‘विमान थपिँदा भाडा दरमा प्रतिस्पर्धा भएर भाडा दर कम हुने छ, यसले गर्दा यात्रुले लाभ लिने छन्।’ बस्नेतले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो।

राजविराज विमानस्थलमा सुरक्षा अडिट गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएसँगै उडान भर्ने बुद्ध एयरको तयारी रहेको छ। नेपालमा पर्यटकको संख्या बढेर गएको भए पनि विदेशी हवाई यात्रुको संख्यमा भने वृद्धि नभएको बस्नेतले बताउनुभयो। नेपालमा पर्यटकलाई हवाई सेवा शुल्क महँगो पर्ने भएका कारणले पनि विदेशी हवाई यात्रुको गत वर्षको तुलनामा वृद्धि नभएको बस्नेतको भनाइ छ। बुद्धले वैशाख २० गतेबाट कोलकका उडान गदै छ। करिब १ अर्ब रुपियाँको लागतका फ्रान्सबाट फागुनको तेस्रो साता एटीआर ७२–५०० को ७४ सिटे विमान ल्याउने कम्पनीको योजना रहेको छ।

बुद्ध एयरका १३ विमानबाट देशका विभिन्न भागमा दिनहुँ ४६ भन्दा बढी उडान भरिरहेको बस्नेतले जानकारी दिनुभयो। अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले भारतको वाराणसीमा साताको सोमबार र शुक्रबार उडान भरिरहेको छ। कम्पनीले नयाँ वर्षदेखि काठमाडौं–कोलकता सीधा उडान शुरू गर्ने भएको छ। सन् २०१८ मा १४ लाखभन्दा बढी यात्रुलाई सेवा प्रवाह गरेको एयरलाइन्सले ६० प्रतिशत बजार हिस्सा ओगटेको छ। ७२ सिट क्षमताका ६ थान एटीआर ७२–५००, ४७ सिट क्षमतायुक्त तीनवटा एटीआर४२–३२० तथा १८ सिट क्षमताका दुईवटा बीचक्राफ्ट–१९००डी सिरिजका विमान रहेका छन्।

हेलिकप्टरसँगै नियमति हवाई उडानमा भरिरहेको श्री एयरलाइन्सले पनि यसै वर्ष ३ विमान थप गर्ने योजना बनाएको कम्पनीका कर्पोरेट मेनेजार अनिल मानन्धरले बताउनुभयो। उहाँका अनुसार कम्पनीले क्यु ४०० का ७८ सिट क्षमताको तीन वटा विमान खरिद गर्न लागेको बताउनुभयो। पोखरा र भरतपुरलाई बेस बनाएर सो विमानले उडान भर्ने छ। अर्कोतर्फ भारतको विभिन्न गन्तव्यमा उडान भर्ने व्यावसायिक योजना रहेको उहाँले जानकारी दिनुभयो। श्री एयरलाइन्स हाल निमति उडानमा सीआरजे ७०० को ७० र  ५० सिट क्षमताको दुई÷दुई वटा विमानबाट नेपालको आन्तरिक गन्तव्यमा दैनिक डेढ दर्जन उडान गर्दै आएको छ। फागुनभित्र दुईवटा र त्यसको केही समयपछि अर्को एक विमान थप गर्ने गरी कम्पनीले अगाडि बढाएको मानन्धरले बताउनुभयो। सीआरजे ७०० वा २०० नामका ३ विमानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने गरी अनुमतिपत्र पाएको छ।

कम्पनीले वायुयान उडान अनुमति ९एओसी० को लागि प्रक्रिया अगाडि बढाएको मानन्धरको भनाइ छ। हाल ४ विमान रहेको कम्पनीसँग थप भएको विमानसमेत गरी ७ वटा विमान हुनेछ। साथै हेलिकप्टरको संख्या ८ वटा रहेको छ। हाल यस एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगन्ज र राजविराजमा उडान भरिरहेको छ।

आन्तरिक हवाई क्षेत्रमा बजार विस्तार गरिरहेको यती एयरलाइन्सले पनि विमान थप्ने भएको छ। बजार हिस्सा बढाउनको लागि यतीले २ वटा ७२ सिट क्षमताका विमान यसै वर्ष भित्र्याउन लागेको हो। सन् २०१८ मा आन्तरिकतर्फ २८ लाख ४७ हजार ७ सय ५२ यात्रु हवाई सेवा लिएका थिए।

प्रतिक्रिया दिनुहोस्