सिंगापुरमा हेरिटेज पेजेन्टस् हुँदै



सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महŒवपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको हेरिटेज पेजेन्टस् २०१९ को संस्करण विधिवत रूपमा आरम्भ भएको छ।

गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागी हुनका लागि सिंगापुर पुगेका विभिन्न मुलुकका सहभागीलाई स्वागत तथा उनीहरूलाई अफिसियल स्यास हस्तान्तरण गरेसँगै प्रतियोगिताले गति पाएको हो। प्रतियोगिताका लागि नेपाल, भारत, सिंगापुर, थाइल्यान्ड, फिलिपिन्स, सेन्ट्रल एसिया, काजकिस्तान, केन्या, नाइजेरिया, क्यामरुनलगायतका मुलुकका प्रतिस्पर्धी सिगांपुर पुगेका छन्। अन्य सहभागीहरू आउने क्रममा रहेको कोरियोग्राफर रोजिन शाक्यले सिंगापुरबाट नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्। सहभागीहरूलाई कार्यक्रम आयोजक संस्था ई प्लानेट प्रालिका अध्यक्ष सन्तोष सापकोटाले स्यास पहि¥याइदिएका थिए। प्रतियोगिताको ग्रान्ड फिनाले आज शनिबार सिंगापुरको अंकल रिंगो काइन्डनेस कार्निभलमा सम्पन्न हुँदै छ।
यस पटकको हेरिटेज पेजेन्टस् २०१९ अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल र मिसेस हेरिटेज इन्टरनेसनल २०१९ को उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। इप्लानेट प्रालिको आयोजनामा हुने यस पटकको प्रतियोगितामा सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, सिंगापुर तथा मलेसियास्थित कलाइमनि केयर्सको सहकार्य रहने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन्। प्रतियोगिताका लागि नेपालबाट सञ्चारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्