पहरो गर्जने हो कि ?



पुलिस नै चोर बन्ने, धार्मिकगुरु नै अस्लिल क्रियाकलापमा मस्त हुने, शुद्ध भनिएका बाबाजी घाम राम्ररी अस्ताउन नपाउँदै भट्टी छिर्ने ग¥या प्रसङ कति छन् कति । सरकारी र सार्वजनिक निकायमा हुने हाकाहाकी दलाली त झन् सम्झी साध्ये छैन ।

अब त हुँदा हुँदा अख्तियारका आयुक्त नै सिँधासिधी घुस काण्डसँग जोडिएपछि के भन्नु र खै ? रक्षक नै भक्षक भन्ने उखान त्यसै बन्या होइन रैछ । कलियुग भन्या कलियुगै रैछ, अब को चाहिँ चोखो होला र यो मुलुकाँ ? चुनावमा टिकट पाउन नेताले उपल्ला नेतालाई राम्रै दानापानी दान गर्नुपर्ने, कुनै प्रोजेक्ट सफल बनाउन नेता अनि सुकिला मुकिलाका घर–घर पुगेर प्रोजेक्टवालाले ग्रहशान्ति गराउनुपर्ने बाध्यता पुरानै हो क्यार ।

त्यै पनि हाम्रा मन्त्री र मन्त्रीका अभिभावक भन्छन््–‘भ्रष्टाचार लुकेर लुक्दैन, जसरी हुन्छ भ्रष्टाचारीलाई कार्वाही गरिन्छ ।’ यस्तो तर्क डेट एक्सपायर भइसक्यो कि क्या हो, खैं कार्यान्वयन भा कहिल्यै सुनिन्न । ‘लहरो तान्दा पहरो गर्जने’ भएर पो हो कि धरहराले बुझ्नै सक्या छैन । कार्वाहीको कुरा त्यस्तै हो, नेताका भाषण तयार गर्नेहरुले शब्दकोष पल्टाएर भएनी पुरानो फरम्याटको भाषणलाई रिराइट गर्नै पर्ने भो । अनि अख्तियार आयुत्त पाठकलाई कार्वाही गर्दा पहरो चाहिँ नगजियोस् ।

 

प्रतिक्रिया दिनुहोस्