ज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे ६ करोड



काठमाडौं, (नेस)
ज्योति लाइफ इन्स्योरेन्सले चालँ आवमा व्यवसाय विस्तार गर्दै दोस्रो त्रैयमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा ९५८ प्रतिशत वृद्धि गर्दै खुद बीमा शुल्क ३० दशमलव ९१ करोड आर्जन गरेको छ ।

दोस्रो त्रैयमासमा कम्पनीले अल्पकालीन लगानीको सट्टा दीर्घकालीन लगानीलाई जोड दिएका कारणले दीर्घकालीन लगानीमा ८५ प्रतिशत वृद्धि भएको तथा अल्पकालीन लगानीमा कमी आएको देखिन्छ ।

अघिल्लो आवको सोही अवधिमो तुलनामा चालँ आवको दोस्रो त्रैयमासको अन्त्यसम्ममा कम्पनीको जगेडा कोष ९१ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैयमासमा जीवन बीमा कोषमा शँन्य रकम रहेकोमा यस त्रैयमासमा ३२ दशमलव ८९ करोड रकम रहेकाले कम्पनीको जीवन बीमा कोष पनि मजबुद बन्दै गएको छ ।

कम्पनीको व्यवस्थापन खर्चमा भएको वृद्धिको कारणले खुद मुनाफामा भने गिरावट आइ दोस्रो त्रैयमासमा ६ दशमलव ४४ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले ३ वटा दाबी वापत १९ दशमलव ३२ लाख रकम भुक्तानी समेत गरिसकेको देखिन्छ । कम्पनीको ९६ वटा शाखा सञ्चाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्