फागुनमै फिंगर प्रिन्ट



 

फिंगर प्रिन्टको कथा बुनेर फिंगर प्रिन्टकै नाममा बनाइएको फिल्म आगामी फागुन १० गते रिलिजमा आउने भएको छ। नवीन निरौलाद्वारा निर्देशित यो फिल्मको सस्पेन्स थ्रिलर रूपको ट्रेलर पनि हालै सार्वजनिक गरिएको छ।

निर्देशक नवीनकै लेखन र सम्पादन रहेको फिल्म कामना फिल्म्स्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले निर्माण गरेका हुन्।

दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरूप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेको फिल्ममा शंकर आचार्य र अनिल श्रेष्ठ सहनिर्माता रहेका छन्। निर्देशक निरौलाका अनुसार फिल्म मेडिकल साइन्सको विषयमा बनेको छ। जसमा फिंगर प्रिन्टको दुरूपयोगले विश्वमा हुन सक्ने अपराधलगायतका विषय प्रस्तुत गरिएको छ। दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहको फिल्ममा सुमन तण्डुकार र राहुल राईको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्