दिल्ली होटेल आगलागिमा सत्रजनाको मृत्यु



नयाँदिल्ली,(एजेन्सी)
भारतको राजधानी नयाँदिल्ली स्थित एउटा होटेलमा मंगलवार बिहान सवेरै शुरु भएको आगलागिको कारण कमितमा सत्रजना मानिसको ज्यान गएको प्रहरीले जनाएका ेछ । प्रत्यक्षदर्शीहरुका अनुसार मारिनेमा एकजना महिला र बालक पनि रहेको बताएका छन् ।

ज्यान जोगाउने उद्देश्यले होटेलको झ्यालबाट हाम फाल्ने क्रमममा तिनीहरुको मृतयु भएको थियो । सरकारी अधिकारीहरुले पैंतिसजनालाई सकुशल उद्धार गरिएको बताएक छन् ।

केहि घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । सस्ता होटेल र किनमेलका लागि पर्यटकहरु मझ निकै लोकप्रिय रहेको करोल वाग स्थित होटेल अर्पित प्यालेसमा या ेदुर्घटना भएका ेहो । प्रत्यक्षदर्शीहरुले खिेचका भिडियोहरुमा मानिसहरु भवनबाट हाम फाल्दै गरेको देखिन्छ ।

करिडोरमा काठका वारहरु भएकले मानिसहरु करिडोर हुँद ैहोटेलबाट निस्कन नसकेको अग्नि नियनत्रक विपिन केन्टाले हिन्दुस्तान टाइम्स अखवारलाई जानकारी दिएका छन् । उनले आगलागि हुननाको कारण पत्ता लगाउन अझै अनुसनधान जारी रहेको पनि बताएका छन् । स्थानिय संचार माध्यमले अधिकांशको धुवाँमा निस्सासिएर ज्यान गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्