बलियो सेना चाहियो



लन्डन (एजेन्सी)
बेलायतका रक्षा मन्त्री गविन विलियमसनले हिन्द प्रशान्त क्षेत्रमा चीन द्वारा आफ्नो पकड बलियो पारिहेकोमा बेलायतलाई बलियो शसस्त्र बलको आवश्यक भएका बताए ।

रोयल युनाइटेड सर्विसेज इन्स्टिच्युटमा सम्बोधन गर्ने क्रममा बेलायत अन्तराष्ट्रिउ नियम उलंघन गर्नेहरु विरुद्ध उभिनु पर्ने विलियमसनले बताए । मार्च २९ मा देश युरोपेली संघबाट बाहिरिने योजना रहेको उल्लेख गर्दै बेलायतका लािग आफनो अन्तराष्ट्रिय उपस्थितिलाई बलियो पार्न यसले सबैभन्दा ठुलो अवसर लिएर आएको उनले बताए । यसबीच बेलायतको रोयल नेभीको नयाँ विमानवाहक पोत एचएमएस क्विन एलिजावेथ प्रशान्त क्षेत्रमा तैनाथ गरिने उनले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्