विल्सन र नेरिकलाई उपाधि



काठमाडौं, (नेस)
विल्सन एकेडेमी र नेरिक एकेडेमीले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। दुई उपाधि चुम्न सफल विल्सन सिनियर ब्वाइज र सिनियर गल्र्समा पहिलो भयो। नेरिकले जुनियर ब्वाइजको उपाधिमाथि कब्जा जमायो।

बुद्धनगरस्थित आयोजक इनोभेटिभ इङ्लिस स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा विल्सनले भ्याली पब्लिकलाई ५०–३९ ले पराजित ग¥यो। टोलीको जितमा पेम्बा शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले ३२ अंक योगदान गरे।

सिनियर गल्र्सको उपाधि भीडन्तमा सिमरन गुरुङको १० अंक प्रेरित विल्सनले आयोजक इनोभेटिभलाई २०–१९ को झिनो अन्तरले हरायो। जुनियर ब्वाइज फाइनलमा नेरिकले ज्ञान निकेतनलाई २७–१७ ले पाखा लगायो। नेरिकका भुवन थापाले १७ स्कोर गरे।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय पेम्बा, सिमरन र भुवन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा भ्याली पब्लिकका राहुल विक, सिनियर गल्र्समा इनोभेटिभकी स्वच्छता थापा र जुनियर ब्वाइजमा ज्ञान निकेतनका जेविश सारु सर्वाधिक स्कोरकर्ता भए। प्रतियोगिताभर राहुलले ७८, सिमरनले ५९ र जेविशले ४७ स्कोर गरे।

 

प्रतिक्रिया दिनुहोस्