शेषनाग मनुष्यलोकतर्फ प्रस्थान



पतञ्जलि–२०
प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला
भगवान् विष्णुले शेषनागलाई विशेषरूपमा सम्झाएर तीन कुरा अराउनुभयो। उहाँले भन्नुभयो– ‘यसकारण मनुष्यलोकका मानिसहरूको मानसिक शुद्धता र असंयत तथा विकृत चित्तवृत्तिलाई निरोध गर्न सर्वप्रथम योगग्रन्थको निर्माण गर्नु जरुरी छ। त्यस्तै शारीरिक शुद्धता वा स्वास्थ्यका लागि पारम्परिक चरकसंहिताको प्रतिसंस्कार गर्नुपर्नेछ। यसै गरी शुद्ध एवं परिष्कृत शब्द र वाक्यको उच्चारणका लागि पाणिनीय अष्टाध्यायीका सूत्रहरू र कात्यायनका वात्र्तिकहरूको संयोजनसाथ व्याकरणका विशिष्ट स्थलहरूको अझ सरल तथा सुबोधरूपमा विस्तृत विवेचन गर्दै एउटा नयाँ ग्रन्थ बनाउने आवश्यकता छ ।

नागराज रु यी तीन थरी कार्य सम्पन्न गर्नुपर्नेछ, तिमीले मनुष्यलोकमा अवतीर्ण भएर । यो कठिन कार्य सकल विद्याका मुहान् भगवान् आशुतोषको आशीर्वाद प्राप्त नभई हुँदैन । अतः तिमी पहिले मत्र्यलोकको हिमवद्देश आर्यावत्र्तमा जाऊ । त्यहाँ भगवान् शिवको आराधना गरेर उहाँको ताण्डव नृत्य हेर । अनि उहाँको आशिर्वाद प्राप्त गरी मैले भनेका लोककल्याणकारी कार्यमा लाग।’

शेषनागले भने– ‘प्रभो हजुरको अर्ति–उपदेश पाएर म धन्य–धन्य भएँ । मैले मनुष्यलोकमा जन्म लिएर आफूले सकेसम्म हजुरका आदेशको पालना गर्नेछु । ख्वामित् रु रामावतारमा भाइ लक्ष्मणको रूपमा र कृष्णावतारमा दाजु बलरामका रूपमा मैले हजुरको सान्निध्य पाएको थिएँ । मलाई त्यति बेला हजुरको सानिध्यमा बसेर सबै काम गर्न सजिलो भएको थियो। तर अहिले म एक्लै हुने भएँ ।’
‘अनन्त रु उहिले तिमीले लिएको अवतार अंशावतार त हो नि ⁄ पूर्णावतार होइन । अहिले पनि तिम्रो एक अंशमात्र पृथ्वीमा अवतीर्ण हुने हो । पूर्णांश होइन, तिम्रोे अरू अंश त यहीँ मसँग नै छ रु तिमीसँग अलग भएर त म कहाँ बस्न सक्छु र ⁄’ तिम्रो एक अंशबाहेक अन्य सबै अंश त मसँगै रहन्छ रु’ विष्णुले भन्नुभयो ।

‘अनुगृहीत छु प्रभो ⁄ हजुरले देख्नुभएको ताण्डव नृत्यको सपना त मेरो भाग्योदयका लागि पो रहेछ । अब मलाई आज्ञा होस् । म अब मनुष्यलोकतर्फ प्रस्थान गर्दछु ।’

‘अभिवादन श्रीमन्नारायण, अभिवादन महालक्ष्मी ⁄’ शेषले लक्ष्मी र नारायण दुवैलाई साष्टाङ्ग अभिवादन गरे।
‘नित्यं वर्धस्व वत्स ⁄’ (बाबु तिम्रो सदा बढोत्तरी होस् ।)
‘शुभास्ते पन्थानः सन्तु ।।।’ (तिम्रो यो यात्रा मंगलमय होस् ।)
विष्णुको आज्ञा पाएर प्रफुल्ल हुँदै शेषनाग मनुष्यलोकतर्फ लागे।
क्रमशः

प्रतिक्रिया दिनुहोस्