नाइजेरियामा राजनीतिक रेलीमा भागदौड मच्चिँदा ५ को मृत्यु



लागोस । नाइजेरियाको पूर्वी राज्य तराबामा एक राजनीतिक र्यालीमा भागदौड मच्चिँदा ५ जनाको मृत्यु भएको छ । यो घटनामा अन्य कयौं घाइते भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताए अनुसार, राष्ट्रपति मुहम्मदु बुहारीको दोस्रोपटकको चुनावलाई लिएर वरिष्ठ नेताहरुले आयोजना गरेको रेलीमा भागदौड मच्चिएको हो । उक्त रेलीमा राष्ट्रपति बुहारी तर्पका हजारौं समर्थकले भाग लिएका थिए ।

यो घटनालाई लिएर राष्ट्रपति बुहारीले पनि दुःख व्यक्त गरेका छन् । त्यस्तै उनले यस्तो घटनाबाट बच्नका लागि संयमता अपनाउन सुझाव दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्