अधिकारीलाई गाला चड्काउने महिला !



जाकार्ता,(एजेन्सी)
इन्डोनेसियाको वाली स्थित गुराह राइ अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना आप्रवास अधिकारीको गाला चड्काएको अभियोगमा एकजना वेलायती महिलालाई कारावास संजाय तोकिएको छ ।

आफ्नो भिसाको म्याद सकेको भन्दै चुनौति दिएपछि ४२ वर्षिया आउजे ताकादास नामक ति महिलाले चिच्याउँदै ति अधिकारी माथि हातपात गरेको प्रहरीले जनाएको छ । ति अधिकारीबाट आफ्नो पासपोर्ट झम्टिएर लिने क्रममा यसरी दुव्र्यवहार गरेको कारण उनलाई इन्डोनेसियाको अदालतले छ महिना लामा ेकारवास सुनाएको छ ।

उनी भिसाको मयाद सकिएर पनि थप १ सय ६० दिन सुन्दर तटिय शहरर बालीमा बसेको पाइएको छ । भिसा समबन्धित प्रचलित कानुन तोडे वापत ३ हजार ५ सय अमेरिकी डलर जरिवाना तिनुपर्छ भन्ना साथ उनले गरेको हिासातमक व्यवहारको दृश्य स्मार्टफोनबाट भिडियो खिचिएको थियो ।

तर उनले भने सरकारी वकिलहरुले आफुलाइ यातना दिँदै इन्डोनेसियामा बस्न बाध्य पारिएको आरोप लगाएकीछन् । डेनपासार स्थित अदालतका न्यायाधिशले ति महिलाले आफुलाई सुनाइएको संजाय विरुद्ध अपिल गरिसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्