शान्तिका लागि विपश्यना ध्यान उपयोगी रहेको चर्चा



नेपाल समाचारपत्र, ललितपुर
ध्यान गुरु भिक्षु प्रज्ञाश्रीले विश्वमा शान्ति, मैत्रीयुक्त वातावरणको लागि विपश्यना ध्यान महŒवपूर्ण रहेको बताउनुभएको छ।
युवक बौद्ध मण्डल ललितपुर, धर्मोदय सभा र धर्मकीर्ति विहारले ललितपुरको जावलाखेलमा शनिबार आयोजित विपश्यना ध्यानसम्बन्धी बृहत् प्रवचन कार्यक्रममा प्रवचन दिनुहुँदै ध्यान गुरु भिक्षु प्रज्ञाश्रीले सो कुरा बताउनुभएको हो।

ध्यान गुरु प्रज्ञाश्रीले जीवनको मानसिक दुःख र दुःखको कारणलाई बुझेर दुःख निवारणका लागि विपश्यना ध्यान अभ्यास गर्नुपर्नेमा पनि जोड दिनुभयो। ‘यो कुनै साम्प्रदायिक कमकाण्डी नभई आफैंले आफैंलाई बुझ्ने विधि हो।यसबाट मनको विकारलाई निष्प्रभावि गर्दै शान्ति र सुखको अनुभूत गर्न सकिनेछ’ –उहाँले भन्नुभयो।

सो अवसरमा युवक बौद्ध मण्डलका अध्यक्ष अरणीतारा बज्राचार्यले मुलुकमा दीगो शान्ति, करुणावान् र मैत्रीले भरिएको व्यक्तित्वको निर्माणमा बुद्धको ज्ञान र ध्यानको महŒव रहेको बताउनुभयो।

बुद्धको उपदेश कुनै धर्म विशेषभन्दा वर्तमान जीवनलाई सुखपूर्वक बिताउने जीवन पद्धति रहेको पनि अध्यक्ष बज्राचार्यको धारणा रहेको छ।
प्रवचन दुई देशबीचको जनस्तरमा रहेको धार्मिक सम्बन्धको प्रतीक रहेको पनि आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा नेपाली मूलका करिब १ सय म्यानमारका नागरिकसहित १ हजारभन्दा बढीको उपस्थिति रहेको थियो। सो टोली लुम्बिनी, बुटवलमा ध्यान शिविरमा सहभागी हुने कार्यक्रम करहेको छ।

प्रतिक्रिया दिनुहोस्