राष्ट्रका सपूत शहीदप्रति श्रद्धा–सुमन



डिल्लीराम मिश्र
विषयगतरूपमा शहीद भनेको कसैलाई मार्न खोज्ने प्राणी हैन, परन्तु आस्था र विश्वासको खातिर स्वयंले मृत्युवरण गर्न चाहेको मानिस हो। यस्ता व्यक्तिहरू लाखौंमा एक पाउन पनि कठिन पर्दछ। शहीद भनेको साझा हो र उसको आस्था, विचार र कार्यको आधारमा राष्ट्रका अमर शहीदहरूले सम्मान र स्थान पाउनुपर्दछ। शहीद शब्दको उत्पत्ति, प्रयोग, अर्थ, परिभाषा र आदर्शका बारेमा सूक्ष्म र व्यापक विचार, अन्तरक्रिया एवं अध्ययन–अन्वेषण हुनु अति जरुरी छ।

वि.सं. १९९७ माघ महिनामा मारिएका चारजना अमर शहीदहरू यसै कोटिमा पर्छन्। नेपाल प्रजापरिषद्को नेतृत्वमा मारिएकाहरूलाई शहीदको रूपमा स्वीकार गर्न कुनै विवाद नै छैन र यी शहीदहरू सबैका लागि सर्वमान्य, प्रेरक र सर्वप्रिय पनि छन्। देश राष्ट्र र आफ्नो स्वाभिमानको हेतु निरङ्कुश राणा शासकहरूका सामु आजीवन कायरताको भिख नमाग्ने नेपाली आमाका यी वीर सपूतहरू दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्री नेपाली समाजका आभूषण हुन। राणाशासकका सामु यदि माफी मागेको भए शायद उनीहरूले मृत्युवरण गर्नुपर्ने थिएन। यी चारजना देशभक्त अमर शहीदहरूमध्ये १९९७ साल माघ १० मा शुक्रराज शास्त्री, माघ १३ मा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई अन्धकारमय रातको समयमा कारुणिक यातनासहित मारिएको थियो। एक हप्ताभित्र यसरी मारिएका शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गङ्गालालले क्रमशः टेकु, सिफल र शोभाभगवतीमा देशभक्तिको बलिवेदीमा आफ्नो जीवनलाई चढाएका थिए। इतिहास निर्माणमा शहीद भन्ने शब्द महान् हो, तर विश्वमा नेपाल मात्रै एउटा यस्तो देश हो जहाँ शहीदहरूका उद्देश्य, त्याग र सपना आजसम्म पनि पूरा हुन सकिरहेको छैन। राज्य सञ्चालनका क्रममा नेतृत्व गर्ने वर्गहरूको विवेकहीनता र चरम निजी स्वार्थका कारण आज देशमा परिवर्तन ल्याउने शहीदहरू सधैँ उपेक्षित रहँदै आएका छन्। अमर शहीदका परिवारहरूको अवस्था आज पनि उस्तै पीडादायी नै छ।

नेपालका राष्ट्रवादी शासक जङ्गबहादुर कुँवरको उदयअघि आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको क्षमतावान् नेतृत्वमा नेपाल एकीकरण अभियान यात्रामा धेरै देशभक्त वीर सपूतहरूले ज्यान गुमाएका छन्। वि।सं। १८०० मा प्रारम्भ भएको नेपाल एकीकरणको प्रथम कालखण्डदेखि झन्डै चार दशकको कठिन यात्रामा सयौं वीर सपूतहरूले राष्ट्रका खातिर जीवन बलिदान गरेका छन्। सिङ्गो राष्ट्रनिर्माण गर्ने दरो भिजन, सड्कल्प र उद्देश्यसहित अगाडि बढेको नेपाल एकीकरण अभियान यात्रामा पृथ्वीनारायण शाहको नेतृत्वमा वि।सं। १८१४ को कीर्तिपुर लडाइँमा अदम्य साहस र वीरताका प्रतीक काजी कालु पाण्डेजस्ता सपूतले ४४ वर्षको उमेरमै वीरगति प्राप्त गरेका थिए। आज शहीदको सम्झना गर्दा उनी पनि उच्च कोटिका शहीदमा पर्छन्। गोर्खाली सेनासहित बल्खुको किनारमा कालु पाण्डेले काटिएर ज्यान गुमाउनुप¥यो भने उनीसँगै कैयौं देशभक्त योद्धाहरूले ज्यान गुमाएका थिए। त्यसैले राष्ट्रनिर्माणका क्रममा वीर पुर्खाहरूका बलिदानीपूर्ण भावनाको माध्यमद्वारा नेपाली समाजलाई समयको प्रवाह र जनताको चाहनाअनुरूप अगाडि बढ्नको निमित्त यो राष्ट्रका महान वीर सपूतहरूले पु¥याएको योगदानलाई पनि यतिखेर बिर्सन सकिन्न।

देश र जनताको स्वाभिमान तथा प्रजातन्त्रका खातिर प्रेरणाका स्रोत मानिने सपूत लखन थापा र उनका कर्मठ सहयोगीहरू मारिएको पनि आज १४३ वर्ष भैसकेको छ। यसबीच राज्यशक्तिमा धेरै परिवर्तनहरू भए। राणाशासन, प्रजातन्त्र, पञ्चायत, पुनः संसदीय प्रजातन्त्र हुँदै मुलुक विधिवत् लोकतान्त्रिक सङ्घीय गणतन्त्र कार्यान्वयनको पक्षमा क्रियाशील रहेको छ। मुलुक यहाँसम्म आइपुग्दा पनि अदम्य साहस र वीरताका प्रतीक हाम्रा आदर्श शहीदहरूले देखाएको मार्ग, त्याग, सङ्र्घष र बलिदानको अलिकति पनि सम्मान हुन सकेको छैन। आज देशमा शहीद भन्ने शब्द उद्योगको रूपमा दिन–प्रतिदिन मौलाउँदै गएको छ, जसबाट वास्तविक योगदान गर्ने शहीदहरूको घोर अपमान भएको छ। आज शहीदको मूल्य, मान्यता, बलिदान र आदर्शलाई १० लाख रुपियाँमा रूपान्तरित गरिएको छ। यहाँ जो मरे पनि र जो मारिए पनि नेपाल सरकारले रु। १० लाख दिएपछि अमर शहीदको कोटिमा परिन्छ भन्ने आलोकाँचो चिन्तनअन्तर्गत मारिने व्यक्तिका आफन्तजनहरूले पनि रु १० लाख प्राप्त भएकोमा एउटा उत्सव नै मनाएको तितो अनुभूति समाजमा भैरहन्छ। देशमा कस्तो संस्कृति, परिपाटी र परम्पराको विकास प्रारम्भ भयो रु यसलाई दुःखद विडम्बना नै मान्नुपर्छ।

यस क्रममा १९९७ सालको काण्डमा, मारिएका शहीदको नाममात्र लिँदा पनि एकातिर आङ सिरिङ्ग हुन्छ भने अर्कोतर्फ गौरवशाली उत्साह प्राप्त भइरहन्छ, तर देश र जनताको निमित्त प्राणको आहुति दिने तिनै वीर सपूतहरूले देखाएको बाटोमा नेपाली जनताले आत्मगौरवका साथ सुख र सन्तोषको अनुभूतिसमेत गर्न नपाउनु शहीदले गरेको योगदानप्रतिको घोर अपमान हो। शहीदका बारेमा यथेष्ट र स्पष्ट परिभाषा, अवधारणा र मजबुत दृष्टिकोण आउन नसकेको वर्तमान अवस्थामा जसले जसरी परिभाषासित गरे पनि अमर शहीद र शहीद परिवारका सदस्यहरूको सम्मान राष्ट्रले गर्न नसक्नु अर्को विडम्बना हो। त्यसैले यस कालखण्डमा कहिले हुने शहीदको सही र सहजरूपमा सम्मान अनि पहिचान रु
नेपाली जनता र राजाबीच सन्तुलित भएर रहेको नेपालको राज्यशक्तिलाई वि।सं। १९०३ को कोतपर्वबाट जहानियाँ शासनमा प्रवेश गराएर जङ्गबहादुर कुँवरले देशमा एकतन्त्रीय शासन चलाए। यही विन्दुबाट नै नेपाली जनताले जहानियाँ शासनको विरोधमा प्रजातान्त्रिक आन्दोलन प्रारम्भ गरेका हुन्। नेपालको इतिहासमा आजसम्म जे–जति पनि लोकतान्त्रिक आन्दोलन, जनसङ्घर्ष र जनक्रान्तिहरू भए, ती सबैको जग नेपालका अमर शहीद लखन थापाले वि।सं। १९२७ मा प्रारम्भ गरेको नेतृत्वदायी जनविद्रोह नै हो। ‘जङ्गबहादुरले नेपाल बिगा¥यो, दुनियाँलाई त्राही–त्राही पारिरहेछ, जातपात–छुवाछूत झन् चर्काएको छ, जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ, नेपालमा सत्ययुग फिराउmँ, लौ भाइ हो तयार हौऔं’ भन्दै राणाशासनको विरुद्ध सङ्गठितरूपमा गोर्खामा पहिलोपटक विद्रोहको झन्डा उठाउने क्रान्तिकारी योद्धा लखन थापा नै हुन्। उनले जनविद्रोहलाई गोरखाका गाउँ–गाउँबाट उनको शासनलाई खुला चुनौती दिएका थिए।

नेपाली प्रजातान्त्रिक जनसङ्घर्षको निमित्त जहानियाँ शासनको नेतृत्वमा जङ्गबहादुरद्वारा जन्मेको कोतपर्वप्रति विरोध र विद्रोह गरिरहने क्रममा एक अति उत्साहित युवक लखन थापा मगरले केही युवकहरूलाई साथमा लिई सामूहिक रूपमा खुलेआम जङ्गबहादुरको शासनको विरोध गर्दै गोर्खाका गाउँ–गाउँमा घुमेका थिए। यो कुरा जङ्गबहादुरलाई कदापि स्वीकार हुन सकेन। फलस्वरूप जङ्गबहादुरकै आदेशानुसार लखन थापासहित उनका सहकर्मीहरूलाई पक्राउ गरियो। यसरी पक्राउ परेका लखन थापालगायत सातजनालाई उनकै आदेशअनुसार गोर्खाको मनकामनामा वि।सं। १९३३ फागुनमा झुन्ड्याएर प्राणदण्ड दिइयो भने अरूलाई सोधपुछ गरी छोडियो। त्यसैले पनि नेपालको प्रजातान्त्रिक जनसङ्घर्षमा निरङ्कुश शासकको विरोधमा लड्ने वीर सपूत लखन थापा इतिहासकै प्रथम अमर शहीद हुन्।

शहीद दिवसका अवसरमा प्रत्येक वर्ष सम्मान गर्नुपर्ने कोटिका वीर सपूतहरूको शृङ्खलामा राखेर सरकारले औपचारिक रूपमा शहीद घोषणा गरी सार्वजनिक बिदासहित राष्ट्रिय सम्मान गर्नु सबैको साझा दायित्वभित्र पर्छ। तीन वर्षअघि मात्र नेपाल सरकारले लखन थापालाई नेपालका प्रथम शहीद भनेर औपचारिक रूपमा घोषणा गरेको छ। राष्ट्रका शहीद भनेको त्यो सपूत हो, जसले देशहितको खातिर वा सही आस्था र विश्वासको निमित्त सङ्घर्ष गर्दा सत्ताद्वारा कुनै प्रकारले मारिएको व्यक्ति हुनुपर्दछ। के डाँका र हत्याराहरूद्वारा मारिएका कुनै पनि नागरिक शहीद हुन सक्छन् रु कुनै कारणबाट सरकार, प्रतिपक्ष र अन्य भिडन्तमा मारिएका जति सबैलाई शहीद भन्ने हो भने वास्तविक शहीदको परिभाषा के रु शहीदको परिभाषा सबैका लागि सर्वप्रिय र सर्वमान्यरूपमा निरूपण गरिएको हुनुपर्दछ। बलिदानीपूर्ण इतिहासका अध्येता हाम्रा वीर सपूत शहीदहरूलाई यही गौरवमय शृङ्खलामा राखेर हेरिनु अपरिहार्य छ। अन्त्यमा राष्ट्रका सपूत शहीदप्रति श्रद्धा–सुमन।

प्रतिक्रिया दिनुहोस्