स्पेनमा जारी अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा नेपालको सहभागिता फितलो



दीपेन्द्र गजुरेल, स्पेन ।
स्पेनको राजधानि म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रि पर्यटन प्रवद्र्धन एक्स्पो मेलामा नेपालले आफ्नो सहभागिता फितलो जनाएको छ ।

बुधबारबाट फेरिया दे म्याड्रिडमा सुरु भएको मेलामा नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल्स एजेन्सी (नाटा) र नेपाल पर्यटन बोडको संयुक्त अयोजनामा नेपाल सहित एक सय ६५ राष्ट्रहरुले आ–आफ्नो पर्यटन प्रवद्र्धनका लागि कला संस्कृति भेष भुषामा स्टलहरु राखेर पर्यटन आकर्षित गरी रहेका छन् ।

नेपाल पर्यटन प्रवद्र्धन बोडले नाटा संगको सहकार्यमा नेपाललाई विश्व समुदाय बिचमा नेपाल शुन्दर शहर चिनाउन विभिन्न १६ कम्पनी संगको सहकार्यमा आफ्नो स्टल राखेर नेपाल सम्बन्धि जानकारी गराईरहेकोे मेला संयोजक संगिता जिरेल बादेले बताउछिन् ।

नेपाल पर्यटन बोडका प्रवन्धक गोेविन्द राज ओली भन्छन् ‘हिमाल,तथा ट्रयाकिङ्गको मात्र देश नेपाल नभएर नेपाली कला संस्कृति भेष भुषा तथा नेपाली रहनसहन,रितिरिवाज एवम् जंगलसफारी,प्रत्यक्ष जंगली जनावरहरुलाई नजिकबाट नियाल्न पाईने भएकाले एक पटक नेपाल घुम्न जाउ भनेर पर्यटनहरुलाई सल्लाह सुझाव दिने गरेको बताए ।

हेटौडा स्थाई घर भई म्याड्रिडमा लामो समय देखि बस्दै आएकी मेलामा सहभागि चुनु बानिया“ले भनिन् ‘हेरक वर्ष झै यस वर्षपनि खासै केहि फरक शैलीमा नेपालको पर्यटन प्रर्वद्धनमा गर्न नसकिएकोमा आफु दुखि भएको बताईन् ।

बानिया“ भन्छिन् अन्य राष्ट्रले आफ्नो कला संस्कृतिलाई बाजा“गाजा, झाकि,पोशाक सहित स्टलमा देशलाई चिनाउछन् तर हाम्रँे भने नेपालको होटलहरुमा हुने गोष्ठी जस्तो देखिदा नरमाईलो लागेको बताईन् । स्पेनबासी नेपालीहरु संग सहकार्य गरेर अझ शसक्त रुपमा आफ्नो देशलाई पर्यटन प्रर्वद्धन् गरी राज्यलाई आर्थिक रुपमा सबल बनाउनु पर्ने उनको सुझाव थियो ।

मेलामा सहभागि अर्की मनिषा लामिछानेल भन्छिन् नेपाल पर्यटन बोर्डले हरेक वर्ष नेपाल चिनाउने भनेर अर्बौ खर्च गरेता पनि नेपाल विश्वको अगाडि शान्त्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी चिनाउने स्टलमा कुनै तस्विर नभएकोमा उहाको गुनासो रहेको थियो ।

लामिछाने भन्छिन् ’विश्वका एक सय ६५ राष्ट्र आ आफ्नो देशको मौलिकता झल्कने पोसाक तथा भेष भुषामा सजिएर पर्यटन प्रवद्र्धन गरेको भएता पनि नेपालले विदेशमा बस्ने नेपाली समुदायहरु संग सहकार्य नगर्दा खासै नेपाली रौनक नदेखिएको गुनासो गछिन् ।

मेलामा सहभागि नेपालीहरु भन्छन् आफ्नो देशको आर्थिक प्रगतिका लागि पर्यटन बोडले प्रवासमा भएका नेपालीलाई समेटेर कार्यक्रम गर्दा उत्कृष्ट हुने थियो । नेपालको पर्यटन प्रवद्र्धन गर्न एचपिपिआर धेरै भएता पनि देश प्रति उत्तरदायित्व नदेखाउदा एक्स्पो शुन्य जस्तै भएकोमा लज्जित महसुस गरेको नेपालीहरु बताउछन् । उक्त मेला २३ जनवरी देखि २७ जनवरी सम्म हरेक वर्ष हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्