भिडियोमा विछोडको पीडा



मोडल सुमी मोक्तानले अभिनय गरेको नयाँ म्युजिक भिडियो तिम्रो याद सार्वजनिक भएको छ। उनलाई भिडियोमा रितेश गुरुङले साथ दिएका छन्।

भिडियोमा एक जोडीको विछोडका पीडा देखिएको छ। सार्वजनिक गीतमा ज्ञान सुब्बाको स्वर, दिनेश सुब्बाको संगीत र प्रतीक चामलिङको शब्द रहेको छ। गीतको एरेन्ज भने गोपाल रसाइलीले गरेका छन्। ज्ञान सुब्बा लामो समयदेखि गीत–संगीतमा सक्रिय रहँदै आइरहेका छन्। सोनाम पाख्रिनको निर्देशन रहेको म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र सुशील न्यौपानेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्