होसियार प्रहरीलाई घुस दिदैै हुनुहुन्छ



काठमाडौ । प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने नुवाकोट ककनी गाउँपालिका(४ बस्ने बीरबहादुर लामालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका–४ नागर्जुनस्थित महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा.९९ प २५६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बीरबहादुरले मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी पक्राउ गर्न खोज्दा उनले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्