अफिमसहित वृद्धा पक्राउ



नेपालगन्ज । २ किलो भन्दा बढि अफिमसहित एक नेपाली वृद्धालाई भारतीय एसएसबी प्रहरीले पक्राउ गरेको छ । ५५ वर्ष काटेकी वृद्धा महिलालाई नेपालगन्जसँग जोडिएको सीमावर्ती बजारबाट प्रहरीले पक्राउ गरेको हो।

लागूऔषधसहित नेपालीहरु भारतमा पक्राउ पर्ने कुरा सामान्य जस्तै बनिसकेको छ । तर उमेरले नेटो काटेकी ती वृद्ध महिला पक्राउ परेको बिषय भने नौंलो भएको छ ।

कोहलपुर घर बताउने जोगमाया नाम गरेकी ती वृद्धबाट भारतीय एसएसबीले बुधवार पक्राउ गरेको हो । जसको बजार मुल्य लाखौँ रहेको दाबी गरिएको छ । ठुलो मात्रामा अफिम सहित बृद्ध पक्राउ परेको घटनाबाट भारतीय सुरक्षाकर्मी समेत आश्चार्यमा परे । उनी आफै तस्करमा संलग्न नभएर उनलाई कसैले प्रयोग गरिएको हुन सक्ने सुरक्षाकर्मीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्